स्वास्थ्य मन्त्रालय भन्यो, ‘प्रयोगशाला जोखिम भत्ता स्थायी कर्मचारीलाई मात्र दिनु’

काठमाडौँ, १५ कात्तिक । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रयोगशालामा कार्यरत स्थायी कर्मचारीले मात्रै प्रयोगशाला जोखिम भत्ता पाउने बताएको छ । गत १६ बैशाखमा बसेको मन्त्रिपरिषदको बैठकले प्रयोगशालामा कार्यरत कर्मचारीका लागि २५ प्रतिशत जोखिम भत्ता दिने निर्णय गरेको थियो ।

प्रयोगशाला जोखिम भत्ताको निर्णय अस्पष्ट भएको भन्दै कतिपय कार्यालयले थप जानकारी मागेपछि स्वास्थ्यले यस्तो जानकारी गराएको हो ।

नेपाल सरकारको दरबन्दीमा कार्यरत स्थायी कर्मचारीहरुको हकमा मात्र प्रयोगशाला जोखिम भत्ता व्यवस्थापन निर्देशिका २०७२ को दफा ५ क बमोजिम शुरु तलव स्केलको २५ प्रतिशत जोखिम भत्ता दिइनुपर्छ र यो सम्वन्धित कार्यलयकै विनियोजित बजेटबाट नै खर्च व्यवस्थापन गर्नुपर्छ । मन्त्रालयद्धारा विहीबार जारी सूचनामा उल्लेख छ ।

प्रयोगशालामा कार्यतर अस्थायी करार र विकास समिति अन्तरगर्त कार्यरत कतिपय कर्मचारीले भने सरकारी निर्णयले आफूहरुलाई अन्याय गरेको बताउने गरेका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *