गण्डकी प्रदेशले सञ्चालनमा ल्यायो प्रदेश जनस्वास्थ्य प्रयोगशाला

600
Shares

पोखरा, ९ कात्तिक । गण्डकी प्रदेशमा पनि प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आएको छ । यसअघि प्रदेश नं १ र प्रदेश नं ३ मा प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आइसकेको छ ।

देश संघीयतामा गएसंगै सरकारले सात वटै प्रदेशमा जनस्वास्थ्य प्रयोगशाला स्थापना गर्ने नीति अघि सारेको थियो । सोही नीतिको कार्यान्वयन गर्दै गण्डकीले शुक्रबारबाट प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा ल्याएको हो ।

शुक्रबार आयोजित विशेष समारोहमा गण्डकी प्रदेशका सामाजिक विकास सचिव डिल्लीराम शर्माले प्रयोगशालाको उदघाटन गरे । सो अवसरमा बोल्दै उनले प्रदेशस्तरमा खुलेको यो प्रयोगशालाले प्रदेश भित्रका अन्य प्रयोगशालाको गुणस्तर नियन्त्रण र अनुगमन गर्ने बताए । उनले प्रयोगशाला सम्वन्धी तालिम तथा सर्भिलेन्समा विशेष ध्यान दिने विश्वास व्यक्त गरे ।

सोही अवसरमा बोल्दै प्रदेश जनस्वास्थ्य प्रयोगशालाकी प्रमुख सपना सुवेदीले भ्रुण अवस्थामा रहेको यो प्रयोगशालालाई सामाजिक विकास मन्त्रालय र प्रयोगशाला क्षेत्रका विज्ञको सुझाव अनुसार अघि बढाउने बताइन । उनले प्रयोगशाला सेवाको गुणस्तर कायम गर्न जोड दिइने समेत स्पष्ट पारिन् ।

उक्त समारोहमा सामाजिक विकास मन्त्रालय र प्रदेशस्थित विभिन्न कार्यालयका कर्मचारी तथा संघसंस्थाहरुको उपस्थिति रहेको थियो ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *