नेपालको स्वास्थ्य बीमा कार्यक्रमलाई सघाउन आयो कोरियाको राष्ट्रिय स्वास्थ्य बीमा सेवा


काठमाडौँ, ८ कात्तिक । नेपालको स्वास्थ्य वीमा कार्यक्रमलाई थप प्रभावकारी बनाउन कोरिया सरकारको राष्ट्रिय स्वास्थ्य वीमा सेवा (एनएचआईएस) नेपाल भित्रिएको छ । नेपालको स्वास्थ्य वीमा कार्यक्रममा शुरु देखि नै सहयोगी बन्दै आएको कोरिया अन्तराष्ट्रिय सहयोग नियोग (कोईका) ले एनएचआईएसलाई नेपाल भित्र्याएको हो ।

एनएचआईएसले अब स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र स्वास्थ्य वीमा बोर्ड संग समन्वय गर्दै राष्ट्रिय स्वास्थ्य वीमा सहयोग परियोजना (एनएचआईएसपी) अन्तरगर्त रहेर आफ्नो काम अघि बढाउने छ ।

नयाँ परियोजना बारे जानकारी दिन आज राजधानीमा आयोजित कार्यक्रममा परियोजनाका निर्देशक क्योङयुल गोंङले नेपालको स्वास्थ्य बीमा कार्यक्रमलाई थप प्रभावकारी बनाउने आफूहरुको एक मात्रै ध्येय रहेको बताए । त्यसका लागि आफूहरुको स्वास्थ्य वीमाको नीति, कर्मचारी तथा सरोकारवालाको क्षमता अभिबृद्धि, स्वास्थ्य बीमा कार्यक्रमको सन्तुष्टि सर्भेक्षण तथा आवद्धतामा सुधार र स्वास्थ्य वीमा कार्यक्रम शुरुवात गरिएको जिल्ला कैलालीमा थप सहयोग पु¥याउने सहितका चारवटा मुख्य योजना रहेको जानकारी दिए ।

उनले त्यसको शुरुवात गत सोमबारबाट शुरु भईसकेको बताए । गत सोमबार एनएचआईएसले स्वास्थ्य मन्त्रालयका अधिकारी र स्वास्थ्य बीमा बोर्डका पदाधिकारीसंग स्वास्थ्य बीमा सम्वन्धी नीतिगत तथा यसको कार्यान्वनयको विषयमा प्रारम्भिक छलफल गरेको थियो ।

साढे ३ बर्ष अघि अर्थात २५ चैत २०७२ मा कैलालीबाट नेपालमा स्वास्थ्य बीमा कार्यक्रमको सुरुवात भएको हो । त्यसयता अहिलेसम्म ४९ जिल्लामा यो कार्यक्रम विस्तार भएको छ । सरकारले चालु आर्थिक बर्ष अर्थात आगामी असारसम्म ७७ वटै जिल्लामा यो कार्यक्रम विस्तार गर्ने बताएको छ ।

यता स्वास्थ्य बीमा कार्यक्रममा सरकारले जिल्लाको संख्या थप्दै गएपनि जनतामा स्वास्थ्य वीमा प्रतिको आकर्षण भने अपेक्षाकृत बढ्न सकेको छैन् । ‘किन बढ्न सकेन ? के के कमजोरी रहेछ ? अथवा के के काम गर्नु आवश्यक छ ? एनएचआईएसले त्यस विषयमा पनि अध्ययन गर्नेछ,’ कोइका नेशनल हेल्थ इन्स्योरेन्स सपोर्ट प्रोजेक्ट (एनएचआईएसपी)का प्रोजेक्ट म्यानेजर प्रतिक खनालले भने ।

यसअघि कोइकाले एनएचआईएसपी मार्फत नेपालको स्वास्थ्य वीमा कार्यक्रममा सहयोग गर्दै आएको थियो । तर स्वास्थ्य वीमा कार्यक्रमको प्रभावकारि कार्यान्वयन नदेखिएपछि उसले एनएचआईएससंग साझेदारी गर्दै त्यहाँको टिम नेपाल भित्र्याएको हो ।

प्रोजेक्ट म्यानेजर खनालका अनुसार यसै साताबाट फिल्ड सम्हालेको एनएचआईएसले सन् २०२० को डिसेम्बर महिनासम्म एनएचआईएसपी अन्तरगर्त रहेर रहेर कार्य गर्नेछ । त्यसका लागि एचएचआईएसले कर्मचारी नेपाल पठाएको छ ।

‘नेपालमा स्वास्थ्य उपचारका लागि फरक फरक सरकारी निकायले काम गर्दै आएको छ । यसले धेरै कार्यक्रम डुब्लिकेशन भएको हो कि भन्ने पनि देखिन्छ । यस्तै निजी क्षेत्रले पनि स्वास्थ्य बीमा सम्वन्धी कार्यक्रम गरिरहेका छन् । यी सबैलाई एकीकृत मोडलबाट अघि बढाउन पो सकिन्छ कि त्यस विषयमा पनि यो परियोजनाले सोच्नेछ,’ खनालले भने ।

कोइकाको एनएचआईएसपीले नेपालको जस्तै जस्तै परियोजना अफ्रिकी मुलुक घाना, इन्डोनेसिया, थाईल्याण्ड लगायतमा पनि भएको देखेको छ । परियोजना अन्तरगर्त यी देशका प्रतिनिधिसंग अनुभव आदानप्रदान गर्ने कार्यक्रम पनि राख्ने योजना भएको बताइएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

One thought on “नेपालको स्वास्थ्य बीमा कार्यक्रमलाई सघाउन आयो कोरियाको राष्ट्रिय स्वास्थ्य बीमा सेवा

Leave a Reply to Ratu Awaaz online Tv Cancel reply

Your email address will not be published. Required fields are marked *