त्रिविका मेडिकल तथा डेन्टल कलेजलाई एमबीबीएस र बीडीएसको सिट बाँडफाँड (कसले कति पाए ?)

2.5k
Shares

काठमाडौँ, ६ कात्तिक ।  चिकित्सा शिक्षा आयोगको आग्रहमा नेपाल मेडिकल काउन्सिलले यसपटक पनि त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम)को आंगिक तथा सम्बन्धन प्राप्त मेडिकल र डेन्टल कलेजका लागि सिट निर्धारण गरिदिएको छ ।

मंगलबार बसेको काउन्सिलको पूर्ण बैठकले यसबर्षका लागि नयाँ सिट निर्धारण गरेको हो ।

त्रिविका मेडिकल तथा डेन्टल गरी कुल नौँ वटा कलेजमध्ये एमबीबीएस तर्फ सबैभन्दा बढी अर्थात १०० सीट नेपाली सेनाको स्वास्थ्य विज्ञान संस्थान, नेशनल मेडिकल कलेज बीरगञ्ज र चितवन मेडिकल कलेजले पाएका छन् । डेन्टल तर्फ सबै भन्दा बढी अर्थात ५० सिट पिपुल्स डेन्टल कलेज काठमाडौँ र युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज भैरहवाले पाएका छन् ।

मेडिकल कलेजहरुको सिट निर्धारण गर्ने काम यसपटक देखि चिकित्सा शिक्षा आयोगको जिम्मामा रहेपनि पदाधिकारीहरुको नियुक्तमा भएको ढिलाईका कारण यसपटक काउन्सिललाई नै दिएको आयोगले जनाएको छ ।

त्यसो त काउन्सिलले यसअघि काठमाडौँ विश्वविद्यालय अन्तरगर्तका मेडिकल कलेज, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको पनि एमबीबीएस र बीडीएसको सिट निर्धारण गरिदिएको थियो ।

कसलाई कति सिट ?

 

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *