फुड तथा डायटरी सप्लिमेन्ट आयात, बिक्री र सिफारिस गर्न नपाइने (विभागको ११ बुँदे मापदण्ड सहित)

काठमाडौँ, ५ कात्तिक । औषधि व्यवस्था विभागले न्युट्रास्युटिकल्स प्रडक्ट (फुड तथा डाइटरी सप्लिमेन्ट) को ११ बुँदे मापदण्ड तोक्दै त्यसबाहेकका प्रडक्टहरु आयात विक्री वितरण र सिफारिस नगर्न आयातकर्ता, फार्मेसी सञ्चालक र चिकित्सकहरुलाई निर्देशन दिएको छ ।

विभागले आज एक सूचना जारी गर्दै निर्देशन पालना नगर्नेलाई जो कोहीलाई औषधि ऐन २०३५ बमोजिम कारवाही हुने चेतावनी दिएको छ ।

विरामीहरुलाई अनावश्यक रुपमा फुड तथा डाइटरी सप्लिमेन्ट (न्युट्रास्युटिकल्स प्रडक्ट) भिडाउने क्रम बढदै गएपछि औषधि व्यवस्था विभागले यस्तो सूचना जारी गरेको हो । फर्मास्युटिकल बनावट (ट्यावलेट क्याप्सुल तथा झोल)मा आएका यस्ता प्रडक्टहरु औषधिको तुलनामा निकै महंगो हुन्छ ।

आयातकर्ता र फार्मेसीले यस्ता प्रडक्टको विक्री वितरण गर्दा बढी नाफा हुने भन्दै विक्री वितरणमा प्रोत्साहन गर्ने गरेको पाइन्छ । उता कतिपय चिकित्सकहरुले पनि कमिसनको लोभमा यस्ता प्रडक्टहरु सिफारिस गर्ने गरेको बताइन्छ ।

विभागका निमित्त महानिर्देशक पानबहादुर क्षेत्रीले विभागले यस्ता फुड तथा डायटरी सव्लिमेन्टहरुको मापदण्ड तोकिएको भन्दै यसबाहेकका मापदण्ड रहेका बस्तुहरु सबै प्रतिवन्धित रहेको जनाए । उनले यसबारेमा २०४९ फागुन १८ को नेपाल राजपत्रमा स्पष्ट रुपमा सूचना प्रकाशित भईसकेको भन्दै कोही पनि भ्रममा नपर्न र नपार्न आग्रह गरेको बताए ।

विभागले आज जारी गरेको सूचनामा भिटामिन ए, डी, बी१, बी२, बी६, बी१२, भिटामिन सी, भिटामिन ई, फोलिक एसिड, पान्टानिक एसिड लगायतका बस्तुहरुमा हुनुपर्ने डोजहरुको मापदण्ड तोकेको छ ।

यस्तो छ विभागले तोकेको मापदण्ड

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *