आगामी जेठ महिनाबाट बालबालिकामा रोटाभाइरस विरुद्धको खोप शुरु गर्दै सरकार

30.1k
Shares

काठमाडौँ, ५ कात्तिक । सरकारले यसै आर्थिक बर्ष देखि बालबालिकामा रोटा भाइरसविरुद्धको खोप दिन शुरु गर्ने भएको छ । रोटाभाईरसको कारणबाट बालबालिकामा देखिने झाडापखलाको समस्या न्युनिकरण गर्न यो नयाँ खोप शुरु गर्न लागेको हो ।

स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा अन्तर्गतको खोप शाखाले आगामी जेठ महिनाबाट यो खोप शुरु गर्ने तयारी गरेको छ । फागुन र चैत महिनामा दादुरा र रुवेला विरुद्धको खोप सञ्चालन हुने भएपछि रोटाभाइरसको खोप जेठबाट सञ्चालन गर्ने तयारी भएको हो ।

रोटारिक्स नामक यो खोप १५ महिना भित्रका बालबालिकालाई ६ हप्ता र १० हप्तामा गरी दुईपटक दिइने गरिन्छ । खोप शाखा प्रमुख डा झलक शर्मा गौतम भन्छन्, ‘बालबालिकामा देखिने झाडा पखलाको मुख्य कारण रोटाभाइरस भएको पाइएको छ । यसले बालबालिकाको ज्यानै समेत लैजाने गरेको छ । यसलाई रोक्न सरकारले नियमित खोप कार्यक्रममा रोटाभाइरस विरुद्धको खोप पहिलो पटक शुरु गर्न लागेको हो । यसपटक १५महिना मुनिका ६ लाख ३० हजार बढी बालबालिकालाई यो खोप दिइदै छ ।’

गाभीको सहयोगमा दिइन लागिएको यो खोप भाइलमा आउँछ । खोप भनिएपनि बालबालिकालाई सिरिन्जबाट दिइने भने होइन । पोलियो थोपा जस्तै मुखबाट थोपा खुवाउने हो ।

यो खोप एक जना बच्चाका लागि ले पाउने दुई डोजका लागि ४.५८ डलर पर्ने खोप शाखा प्रमुख डा गौतमले बताए । यो खोप थपिएसंगै नियमित खोप कार्यक्रममा समावेश खोपको संख्या १२ पुग्नेछ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *