ओस्टेपोरोसिस दिवसको अवसरमा बाथरोग सेन्टरमा नि:शुल्क शिविर

काठमाडौँ, ३ कात्तिक । आज २० अक्टोवर अर्थात विश्व ओस्टेपोरोसिस दिवस । नेपालमा पनि विविध कार्यक्रम गरी यो दिवस मनाइदैछ ।
यसै सन्दर्भमा बद्री तीर्थ आर्थराइटिस सोसाईटी र रातोपुलस्थित नेशनल बाथरोग सेन्टरको संयुक्त आयोजनामा ओस्टेपोरोसिस रोग रोकथाम तथा न्युनिकरणका लागि विभिन्न जनचेतनामुलक कार्यक्रम अघि सारेको छ ।

दिवसकै सन्दर्भ पारी रातोपुलस्थित नेशनल बाथरोग सेन्टरले आज देखि तीन दिनसम्म निशुल्क रुपमा ओस्टेपोरोसिस शिविरको आयोजना गरेको छ । त्यस अन्तरगर्त सेन्टरले आगामी मंगलबारसम्म आउने विरामीका लागि ओस्टेपोरोसिस सम्वन्धी परामर्स र क्याल्सियम जाँच निशुल्क गर्ने घोषणा गरेको छ । यस्तै रक्त परीक्षणमा समेत २० प्रतिशत छुट दिने बताएको छ ।

के हो ओस्टेपोरोसिस ?
ओस्टेपोरोसिसलाई नेपाली बोलीचालीको भाषामा हड्डी मक्किने रोग भनेर बुझ्न सकिन्छ । मानिसको उमेर बढ्दै वा छिप्पिदै जाँदा हड्डी भित्र भित्रैबाट कमजोर हुँदै जान्छ । र कालान्तरमा हड्डी भाचिने अवस्थासम्म पुग्न सक्छ । यो समस्या महिला र पुरुष दुबैमा देखिन्छ । तर तुलनात्मक रुपमा महिलामा केही बढी भएको पाइन्छ ।

नेशलन बाथरोग सेन्टरी बाथरोग विशेषज्ञ डा श्वेता नकर्मी भन्छिन्, ‘ओस्टेपोरोसिस सम्वन्धी फ्याक्चर प्राय हीप, नाडी र मेरुदण्डमा देखा पर्दछ । ‘
उनी भन्छिन्, ‘मानिसलाई यो रोग तब लाग्छ जब नयाँ हड्डीको सिर्जना पुरानो हड्डीको साथ रहदैँन । यो रोगले सबैलाई असर गर्छ ।’

सन् २००० को तथ्यांक अनुसार ओस्टेपोरोसिसले विश्वभर करीव २० करोड मानिसलाई असर गरेको पाईन्छ र त्यसमध्ये ९० लाख मानिसलाई ओस्टेपोरोसिस फ्याक्चर हुने गर्दछ ।

नेपालमा भने यस रोगको यकिन तथ्याङ्क छैन । यद्धपी चिकित्सकहरुले यो रोग सम्वन्धी समस्या लिएर आउने विरामीको संख्या दिनानुदिन बढ्दै गइरहेको बताएका छन् ।

यो पनि पढ्नुहोस्………

ओस्टेपोरोसिस अर्थात हड्डी मक्किने रोग के हो ? कसरी जोगिने ?

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *