त्रिवि शिक्षण अस्पतालाई कलेजो प्रत्यारोपणमा तेस्रो सफलता

काठमाडौँ, २ कात्तिक । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा तेस्रो पटक कलेजो प्रत्यरोपण भएको छ । शुक्रबार रुपन्देहीका ५० बर्षीय एक पुरुष विरामीमा कलेजो प्रत्यारोपण भएको हो । ती बिरामीमा २७ बर्षीय आफ्नै छोराको कलेजो प्रत्यारोपण गरिएको हो ।

यसअघि शिक्षण अस्प्तालमा जेठ १८ गते पहिलो र साउन ३ गते दोस्रो पटक सफल रुपमा कलेजो प्रत्यारोपण भएको थियो ।

पछिल्लो केशमा कलेजो प्रत्यारोपण सर्जन डा रमेश सिंह भण्डारीको टोलीले झण्डै ८ घण्टा (मध्यान्न १२ देखि बेलुका ८ बजेसम्म) लगाएको छ । डा भण्डारीको टोलीले भारतको दिल्लीस्थित फोर्टिक्स अस्पतालबाट आएका प्रत्यारोपण सर्जनको सहयोगमा प्रत्यारोपण गरेको हो ।

‘हाम्रो योजना त्रिवि शिक्षण अस्पतालमा कलेजो प्रत्यारोपण नियमित बनाउने नै हो । त्यसैले अहिले हामीले महिनामा कम्तिमा एउटा प्रत्यारोपण गर्ने लक्ष्य लिएका छौँ । तर कहिलेकाँही डकुमेन्ट र विरामीको कन्डिसनका कारण प्रत्यारोपण योजना स्थगित हुनसक्छ । हामीले यसअघि एउटा केश अन्तिम समयमा स्थगित गर्नु परेको थियो,’ डा भण्डारीले भने ।

उनले ८- १० वटा प्रत्यारोपण गर्दासम्म विदेशी विज्ञको सहयोग लिने बताए । ‘यो सिकाईको कुरा पनि हो । हामी पुरा कन्फिडेन्स नहुँदासम्म विदेशी विज्ञको सहयोगमै प्रत्यारोपण गर्ने हो,’ उनले भने ।

डा भण्डारीका अनुसार नेपालमा २५ लाख रुपैयाँको हाराहारीमा कलेजो प्रत्यारोपण गर्न सकिन्छ । यस्तै परिवारभित्रकै नजिकैको व्यक्तिले मात्र कलेजो दान गर्न सक्नेछन् । उहाँका अनुसार १८ देखि ५५ वर्षसम्मको स्वस्थ व्यक्तिको कलेजो अर्को व्यक्तिमा प्रत्यारोपण गर्न सकिनेछ ।

नेपालमा कलेजो प्रत्यारोपणको शुरुवात भने भक्तपुरस्थित मानवअंग प्रत्यारोपण केन्द्रले गरेको थियो । २२ मंसिर २०७३ मा भएको सो प्रत्यारोपणमा ३८ बर्षका विरामी भाईमा ४२ बर्षकी दिदीको कलेजो प्रत्यारोपण गरिएको थियो ।

प्रत्यारोपण सर्जन डा पुकारचन्द्र श्रेष्ठको नेतृत्वमा भएको पहिलो प्रत्यारोपणमा सघाउन त्यसबेला कोरियास्थित सामसङ अस्पतालबाट १४ जनाको टोली नेपाल आएको थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *