एपोनको नयाँ कार्यसमितिले पायो पूर्णता, बरिष्ठ उपाध्यक्षमा प्रधान र महासचिवमा अधिकारी

काठमाडौँ, १ कात्तिक । नेपाल औषधि उत्पादक संघ (एपोन)को नयाँ कार्य समितिले पूर्णता पाएको छ । गत बुधबार सम्पन्न २५औँ साधारण सभाबाट अध्यक्षमा निर्वाचित जी नारायणबहादुर क्षेत्री (टाइम फर्मास्युटिकल) ले पदाधिकारी तथा सदस्यहरुको चयन गर्दै नयाँ कार्य समितिलाई पूर्णता दिएका हुन् ।

नयाँ कार्यसमितिमा बरिष्ठ उपाध्यक्षमा महेश प्रधान (ओम्निका ल्यावरोटोरी), उपाध्यक्षमा सन्तोष बराल (आदि रेमिडिज) नियुक्त भएका छन् । यस्तै एपोनको महासचिवमा विप्लब अधिकारी (इन्नोभेटिभ फर्मास्युटिकल), कोषाध्यक्षमा प्रभात रुङ्गाटा (मारुती फर्मा) र आमन्त्रित सदस्यमा अध्यक्ष पदमा पराजित उम्मेद्धार. प्रज्वल जङ्ग पाण्डे (लोमस फर्मास्युटिकल) मनोनित गरिएको छ ।

यस्तै अन्य सदस्यहरुमा विजयराज शाक्य (फ्लोरिड ल्यावरोटरी, दीपेन्द्र प्रधान (सीटीएल फर्मास्युटिकल), पृथ्वी राजभण्डारी (क्वेष्ट फर्मास्युटिकल), सुवर्णभक्त जोशी (अलाईभ फर्मास्युटिकल्स) र प्रेम जाटिया (म्याग्नस फर्मा) मनोनित भएका छन् ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *