औषधि उत्पादक संघको अध्यक्षमा जी नारायणबहादुर क्षेत्री विजयी

772
Shares

काठमाडौँ, २९ असोज । नेपाल औषधि उत्पादक संघको नयाँ अध्यक्षमा जी नारायणबहादुर क्षेत्री विजयी भएका छन्। आज भएको संघको २५औं वार्षिक साधारणसभाले क्षेत्रीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो।

उनले प्रज्वलजंग पाण्डेलाई ४ भोटले पराजित गरेका हुन्। क्षेत्रीले २६ मत प्राप्त गरेका छन् भने पाण्डेले २२ मत प्राप्त गरेका छन्।

दुवैबीच सहमति जुटाउने प्रयास भए पनि सफल नभएपछि मतदान भएको हो।

हरेक दुई वर्षमा हुने संघको नयाँ कार्यसमितिका लागि सुवर्णभक्त जोशी, प्रभात रूंगटा, सन्तोष बराल, पृथ्वी राजभण्डारी, विप्लव अधिकारी, महेश प्रसाद प्रधान, दिपेन्द्रबहादुर प्रधान, प्रेमबहादुर जाटिया र विजयराज शाक्य सदस्य पदमा विजयी भएका छन् ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *