औषधि उत्पादक संघको अध्यक्षमा जी नारायणबहादुर क्षेत्री विजयी

काठमाडौँ, २९ असोज । नेपाल औषधि उत्पादक संघको नयाँ अध्यक्षमा जी नारायणबहादुर क्षेत्री विजयी भएका छन्। आज भएको संघको २५औं वार्षिक साधारणसभाले क्षेत्रीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो।

उनले प्रज्वलजंग पाण्डेलाई ४ भोटले पराजित गरेका हुन्। क्षेत्रीले २६ मत प्राप्त गरेका छन् भने पाण्डेले २२ मत प्राप्त गरेका छन्।

दुवैबीच सहमति जुटाउने प्रयास भए पनि सफल नभएपछि मतदान भएको हो।

हरेक दुई वर्षमा हुने संघको नयाँ कार्यसमितिका लागि सुवर्णभक्त जोशी, प्रभात रूंगटा, सन्तोष बराल, पृथ्वी राजभण्डारी, विप्लव अधिकारी, महेश प्रसाद प्रधान, दिपेन्द्रबहादुर प्रधान, प्रेमबहादुर जाटिया र विजयराज शाक्य सदस्य पदमा विजयी भएका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *