तिहार अघि माग पुरा नभए भाईटिकाकै भोलिपल्टबाट अनसन बस्ने डा. केसीको घोषणा

292
Shares

काठमाडौँ, २७ असोज । त्रिवि शिक्षण अस्पतालका डा गोविन्द केसीले तिहार अघि आफ्ना ६ बुँदे माग पुरा नभए भाईटिकाकै भोलिपल्टबाट अनशन थाल्ने चेतावनी दिएका छन् ।

केही बेर अघि जारी विज्ञप्तीमा डा केसीले ८ कात्तिक भित्र माग पुरा गर्न सरकारलाई समयसीमा तोकेका छन् । ९ देखि १२ कात्तिकसम्म भने नेपालीको दोस्रो ठूलो पर्व तिहार परेको छ ।

डा केसीले छ बुँदे मागमा आफूसंग भएका सम्झौँता अनुसार चिकित्सा शिक्षा ऐनमा संसोधन गर्नुपर्ने, विश्व विद्यालयको नियूक्ति प्रक्रिया रोकी पराशर कोइराला नेतृत्वको मापदण्ड निर्धारण समितिले दिएको सुझाव अनुसार अघि बढाउनुपर्ने, आन्दोलनरत मेडिकल विद्यार्थीको माग पुरा गर्नुपर्ने, मेडिकल सिट र शुल्क बृद्धिगर्ने संसदीय समितिको सिफारिस खारेज गर्नुपर्ने लगायतका माग छन् ।

डा केसीले यसअघि दशैँको अष्टमीकै दिन अनसन बस्ने चेतावनी दिएका थिए ।

डा केसीका ६ बुँदे माग यस्ता छन् :
१.हामीसँग २०७५ साउन १० गते भएको सम्झौताअनुसार चिकित्सा शिक्षा ऐनमा संशोधन गरियोस।

२. विश्वबिद्यालयहरुमा पदाधिकारी नियुक्तिको हालको प्रक्रिया रोकी पराशर कोइराला नेतृत्वको मापदण्ड निर्धारण समितिले दिएको सुझाब अनुरूप निष्पक्ष र पारदर्शिता ढङ्गले पदाधिकारी नियुक्त गर्ने कानूनी व्यवस्था गरियोस।

३. आंदोलनरत मेडिकल विद्यार्थीहरुका मागहरु पूरा गर्दै नेपालका सबै निजी मेडिकल कलेजले अवैध रुपमा असूल गरेको सम्पूर्ण रकम फिर्ता गरियोस। अरबौंको ठगी तथा आर्थिक अपराधका दोषी मेडिकल कलेजका संचालकहरुलाई फौजदारी कानून बमोजिम कडाभन्दा कडा कारवाही गरियोस।

४. संसदीय उपसमितिको माफियाको प्रभावमा गरिएको शुल्क र सीट संख्यामा बृद्वि गर्नेसम्बन्धी लगायतको निर्णय तत्काल खारेज गरियोस।

५. कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तत्काल पूर्वाधार र जनशक्ति पुर्याएर ःद्यद्यक् कार्यक्रम संचालन गरियोस। कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा ःम्न्ए कार्यक्रम संचालन गर्ने अनुमति अनुचित ढङ्गले प्रधानमंत्री कार्यालयले अडकाएर राखेकाले त्यसलाई तुरुन्त स्विकृती दिँदै शीघ्र ःद्यद्यक् कार्यक्रम संचालन गर्ने व्यवस्था गरियोस । प्रदेश नं दुई र चार तथा डोटीरडडेल्धुरा, उदयपुर र इलामरपाँचथरमा सरकारी मेडिकल कलेज खोल्ने प्रक्रिया अघि बढाइयोस।

६. संक्रमणकालीन न्यायसम्बन्धी आयोगहरुमा दलीय भागवंडाबाट नभई पीडितको विश्वास जित्ने विज्ञहरुलाई नियुक्त गरियोस।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *