स्वास्थ्य मन्त्रालयले भन्यो, ‘समायोजनमा गुनासो छ भने एक साता भित्र निवेदन दिनु’

काठमाडौँ, ९ असोज ।  स्वास्थ्य मन्त्रालयले समायोजनमा चित्त नबुझेका स्वास्थ्यकर्मीलाई गुनासो गर्न एक साताको समयसिमा तोकेको छ । मन्त्रालयले आज एक सूचना जारी गर्दै समायोजनमा चित्त नबुझेको भए प्रमाण आधार र कारण सहित १७ असोज भित्र निवेदन दिन भनेको छ ।

मन्त्रालयले गत ३१ भदौमा गठन गरेको गुनासो व्यवस्थापन तथा सहजीकरण समितिका संयोजक महेन्द्रप्रसाद श्रेष्ठद्धारा हस्ताक्षरित सूचनामा समायोजनको काम अन्तिम चरणमा भएकाले गुनासो भएका स्वास्थ्यकर्मीहरुले १७ असोज भित्रै निवेदन दिन भनिएको छ । सूचनामा ३१ भदौ अघि गुनासाका लागि निवेदन दिएकाहरुले पुन निवेदन दिनु पर्ने उल्लेख छ ।

समायोजनको विषयमा यसअघि पनि स्वास्थ्य र सामान्य प्रशासन मन्त्रालयले स्वास्थ्यकर्मी संग गुनासो सम्वोधन गर्न भन्दै निवेदन माग गरेको थियो । त्यसबेला झण्डै ८ हजार स्वास्थ्यकर्मीले गुनासो दर्ता गराएका थिए । तर सो गुनासो पछि भएका समायोजनले पनि समस्या समाधान गर्न सकेन ।

पछिल्लो पटक भएका समायोजनले गुनासो सम्वोधन नगरेपछि मन्त्रालयको चर्को आलोचना भएको थियो । सोही आलोचना मेटाउन पुन श्रेष्ठको संयोजकत्वमा समिति बनाइएको हो ।

‘दिएका गुनासोको वास्ता छैन । कतिपटक दिने हो गुनासोको निवेदन ? यो त अति गैरजिम्मेवार कार्य भयो,’ मन्त्रालयमा भेटिएका एक स्वास्थ्यकर्मीले गुनासो गरे ।

मन्त्रालयले भने गुनासो सम्वोधन गर्न लाग्दा समायोजन ढिलाई हुने भन्दै पछिल्लो समय समायोजन गर्दै जाने र गुनासो आए त्यसलाई पनि सकेसम्म सम्वोधन गर्ने नीति लिएको बुझिएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

One thought on “स्वास्थ्य मन्त्रालयले भन्यो, ‘समायोजनमा गुनासो छ भने एक साता भित्र निवेदन दिनु’

  1. Those who r not in Nepal , how they can register the application in ministry of health? so ppz make it online so that it will b accessible to all. Thanks

Leave a Reply

Your email address will not be published. Required fields are marked *