पदनाम अनुसार समायोजन पत्र दिन पाउँ भन्दै स्वास्थ्यको प्रस्ताव मन्त्रिपरिषदमा

काठमाडौँ, ७ असोज ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्यकर्मीहरुको बैयक्तिक विवरण (पीआईएस)मा भएको पदनाम बमोजिम समायोजन पत्र दिन अनुमति पाउ भनेर मन्त्रिपरिषदरमा प्रस्ताव दर्ता गराएको हो ।

पदनाम अनुसार पदस्थापन भईसकेका कतिपय कर्मचारीको समायोजनको क्रममा सामान्य प्रशासन मन्त्रालयले घटुवा गरिदिएपछि स्वास्थ्यकर्मीहरु आन्दोलित थिए । सामान्यको सो निर्णयले कर्मचारीको मनोवल समेत नबढ्ने भन्दै स्वास्थ्यले सामान्यको निर्णय सच्याएर पीआईएसमा भएको पदनाम बमोजिम नै समायोजन पत्र पठाउन अनुमति दिन माग गरेको हो ।

‘सबै कर्मचारीको पदनाम अनुसार पदस्थापन भएको थिएन । यसले स्वास्थ्यकर्मीहरुको मनोवलमा समेत असर गर्ने जस्तो पनि देखियो । यसैले हामीले सामान्य प्रशासन मन्त्रालयले यसअघि गरेको निर्णय सच्याउनु पर्छ भनेका छौँ । हामीले अहिले पत्र पठाउँदै गर्दा पीआईएस अनुसार पठाउन पाउँ भनेर मन्त्रिपरिषद समक्ष प्रस्ताव दर्ता गराएका छौँ,’ मन्त्रालयका कर्मचारी प्रशासन महाशाखा प्रमुख शिबराम न्यौपानेले भने ।

यसअघि पदनाम अनुसार समायोजन पत्र नपाएपछि स्वास्थ्यकर्मीहरुले आन्दोलन चर्काउने बताएका थिए । उनीहरुले समायोजनमा आफूहरुको घटुवा गरेको आरोप लगाएका थिए । स्वास्थ्यकर्मीहरुको दवाव पछि स्वास्थ्य मन्त्रालयले मन्त्रिपरिषद गुहारेको हो ।

हुन पनि योग्यता नपुगेको भन्दै सामान्यले दफा ९ (१) बमोजिम स्तरबद्धि भएका पाँचौ छैटौँ र सातौँ तहका कतिपय कर्मचारीहरुको पुरानै पदनाम तोकेको थियो । यसले अहेवबाट स्तरबृद्धि भई एचए भएका कर्मचारी फेरी अहेवमै झरेका थिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

2 thoughts on “पदनाम अनुसार समायोजन पत्र दिन पाउँ भन्दै स्वास्थ्यको प्रस्ताव मन्त्रिपरिषदमा

  1. पालिकामा समायोजन भएका मध्ये जुन तहमा स्तर वृद्धि भएको छ त्यो तहको लागि आवश्यक न्युनतम शैक्षिक योग्यता पुगेका लाई प्रथम प्राथमिकता दिने गरि नेतृत्व दिनु पर्छ।जस्तै यदि छैठौ तहमा गएका मध्ये कोहि बिपिएच , कोहि एच ए र कोहि अ हे व पास भएका गएका छन भने बिपिएच लाई नै सन्योजक बनाउनु पर्ने ब्यवस्था गर्नु पर्छ। योग्यता पुगेकालाई सम्बन्धित तहको पद्नाम दिने र नपुगेका लाई कोस्ठ भित्र पदनाम लेख्ने नै उत्तम हुन्छ।

  2. जसले जनस्वास्थ्य नै पढेछैन उस्लाइ जन स्वास्थ्य निरीक्षक र अधिकृत बनाइ पालिकाको नेतृत्व दिएर जनताको स्वास्थ सग खेलवाड गर्नु उचित होइन।समायोजनको क्रममा प्रसासन हुन् या प्राबिधिक निजामतीको छैठौं मा जान pcl अनिवार्य भएको अवस्था छ भने स्वास्थ्री जस्तो संवेदनशिल क्षेत्रमा के technical slc लाई पालिकाको नेतृत्व दिनु उचित होला र? हग्नेलाई भन्दा देख्नेलाई लाज भनेको यहि हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *