प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार डा.सन्दुक रुइतलाई प्रदान

 

काठमाडौँ, ५ असोज । वरिष्ठ आँखारोग विशेषज्ञ डा.सन्दुक रुइत प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कारबाट पुरस्कृत भएका छन् ।

पाँच लाख रुपैयाँ राशीको उक्त पुरस्कार उनलाई आइतबार काठमाडौँमा आयोजित कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदान गरिन् ।

आँखा स्वास्थ्यको क्षेत्रमा डा. रुइतले गरेको योगदानको कदर गर्दै बिहीबार मन्त्रिपरिषद्को बैठकले उक्त पुरस्कार दिने निर्णय सार्वजनिक गरेको थियो ।

एक लाखभन्दा बढी मोतियाबिन्दुका विरामीको आँखाको ज्योति फर्काएका ६४ वर्षीया बरिष्ठ आँखा रोग विशेषज्ञ डा।रुइत सुदूरपूर्वको हिमाली गाउँ ओलाङचुङ गोलामा जन्मिएका हुन् ।

डा रुइतले आफ्नो नेतृत्वमा तिलगङ्गा अस्पताल खोली तीन दशकदेखि आँखाका उपचारमा नेपालमा मात्र नभएर भारत, भुटान, चीनलगायत देशमा पनि सेवा प्रदान गर्दै आएका छन् । उनले तिलगङ्गा अस्पतालले शुरु गरेको नयाँ प्रविधिलाई एशिया, अफ्रिका र दक्षिण अमेरिकामा पनि लैजाने निर्णय गरिएको जानकारी दिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *