संघीय अस्पताल तथा स्वास्थ्य संस्थाहरुमा आज नि:शुल्क ओपिडी

काठमाडौँ, २ असोज ।  संविधान दिवसको अवसर पारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज आफू अन्तरगर्तका संघीय अस्पताल तथा स्वास्थ्य संस्थाहरुमा बहिरंग सेवा (ओपिडी)को टिकट निशुल्क उपलव्ध गराउने भएको छ ।

यसपटक संविधान दिवसलाई राष्ट्रिय दिवसको रुपमा हर्सोल्लाशपुर्वक मनाउने योजना अनुसार आम सर्वसाधारणलाई आज ओपिडी सेवाका निशुल्क टिकट उपलव्ध गराउने भएको हो ।

स्वास्थ्य सचिव खगराज बरालले आजका दिन दिन संघ अन्तरगर्त का अस्पताल तथा स्वास्थ्य संस्थामा ओपिडी सेवा लिन जाने विरामीले टिकटको पैसा तिर्नु नपर्ने बताए ।

‘यसपटक सरकारले संविधान दिवसलाई विशेष रुपमा २, ३ र ४ असोज गरी तीन दिन मनाउने निर्णय गरेको छ । सो अवसरमा हरेक मन्त्रालयले एउटा रचनात्मक काम पनि होस भन्ने सरकारको चाहना थियो । सोही अनुसार स्वास्थ्य मन्त्रालयले ओपिडी टिकटको शुल्क नलिने निर्णय गरेको हो,’ सचिव बरालले भने ।

उनले निजी अस्पताललाई यसरी छुट दिनका लागि अनिवार्य गर्न नमिल्ने भन्दै छुटका लागि आग्रह भने गरिएको बताए ।
संविधान दिवसको अवसरमा सरकारले यसअघि यस्ता छुट भने दिएको थिएन ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *