प्रसूतिगृह अस्पतालको अक्सिजन प्लान विस्फोट हुँदा दुई घाइते
काठमाडौँ, ३१ भदौ । थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको अक्सिजन प्लान्ट विस्फोट हुँदा दुई जना कामदार घाइते भएका छन्।
अक्सिजन प्लान्टको सर्भिसिङ गर्न आएका कामदार घाइते भएको अस्प्तालका घाइते भएका हुन्।
अस्पतालका निर्देशक डा जागेश्वर गौतमले नियतिम सर्भिसिङ गर्ने क्रममा सो घटना भएको बताए । उनले भने, ‘हाम्रो प्लान्ट जडान गर्ने कम्पनीका प्राविधिकहरु हुन् । सफा गर्दै थिए । एक्कासी आवाज आयो । उनीहरु सामान्य घाइते भएका छन् । प्रारम्भिक उपचार पछि घाइतेहरुलाई ट्रमा सेन्टर पठाइएको छ ।’
करीब ५ महिना अघि जडान गरिएको सो अक्सिजन प्लान्टले दैनिक ५० सिलिन्डर अक्सिजन उत्पादन गर्दै आइरहेको छ ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



