चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्राडा गिरीले दिए छ बुँदे स्पष्टीकरण

1.3k
Shares


काठमाडौँ, ३१ भदौ ।  चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्राडा श्रीकृष्ण गिरीले आफ्नो पदसंग जोडेर आएका विवादित विषयमा स्पष्टीकरण दिएका छन् ।

पदवहाली पछिको पहिलो विज्ञप्तीमा उनले आफ्ना बारेमा सञ्चार माध्यम र सामाजिक सञ्जालमा चलेका हल्लाका विषयमा छ बुँदे स्पष्टीकरण दिएका हुन् ।

उनले विज्ञप्तीमा भनेका छन्, ‘उपाध्यक्ष जस्तो गरिमामय पद सम्हाली रहँदा आफूमाथि उठेका प्रश्नको सत्यतथ्य जानकारी गराउनु मेरो दायित्व हो । आफूले प्रस्तुत गरेका तथ्यहरु गलत रहे पद त्यागसंगै जुनसुकै सजाय भोग्न तयार छु ।’

उनले विज्ञप्तीमा शैक्षिक योग्यता,मेडिकल कलेजमा प्राध्यापक नभएको भन्ने सन्दर्भमा, स्वास्थ्य सेवामा २० बर्ष अनुभव नभएको भन्ने सन्दर्भमा,नेपाल मेडिकल काउन्सिलमा दर्ता अवधी २० बर्ष नपुगेको भन्ने सन्दर्भमा, राजनीतिक संग्लताको सन्दर्भमा र चिकित्सा शिक्षा ऐन अनुसारको योग्यताको सन्दर्भ भन्दै विस्तृत रुपमा आफ्नो बारेमा बताएका छन् ।

हेरौँ उनले आज जारी गरेको विज्ञप्ती

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *