देशभरका सरकारी अस्पतालमा २ असोजमा ओपिडी सेवा नि:शुल्क

काठमाडौँ, ३० भदौ । संविधान दिवसको अवसर पारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आगामी २ असोजका दिन देशभरका सरकारी अस्पतालहरुमा ओपीडी सेवा निशुल्क गर्ने निर्णय गरेको छ ।

यसपटक संविधान दिवसलाई राष्ट्रिय दिवसको रुपमा हर्सोल्लाशपुर्वक मनाउने योजना अनुसार आम सर्वसाधारणलाई सो दिन ओपिडी सेवा निशुल्क गर्ने निर्णय गरेको हो ।

स्वास्थ्य सचिव खगराज बरालले आगामी २ असोजका दिन संघ अन्तरगर्त अस्पताल, प्रदेश स्तरका अस्पताल, जिल्ला तथा प्राथमिक स्वास्थ्य केन्द्र देखि सबै स्वास्थ्य संस्थाले लिने ओपिडी शुल्क नलिन निर्देशन दिएको बताए ।

‘यसपटक सरकारले संविधान दिवसलाई विशेष रुपमा २, ३ र ४ असोज गरी तीन दिन मनाउने निर्णय गरेको छ । सो अवसरमा हरेक मन्त्रालयले एउटा रचनात्मक काम पनि होस भन्ने सरकारको चाहना थियो । सोही अनुसार स्वास्थ्य मन्त्रालयले ओपिडी टिकटको शुल्क नलिने निर्णय गरेको हो,’ सचिव बरालले भने ।

उनले निजी अस्पताललाई यसरी छुट दिनका लागि अनिवार्य गर्न नमिल्ने भन्दै छुटका लागि आग्रह भने गरिएको बताए ।
संविधान दिवसको अवसरमा सरकारले यसअघि यस्ता छुट भने दिएको थिएन ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

One thought on “देशभरका सरकारी अस्पतालमा २ असोजमा ओपिडी सेवा नि:शुल्क

  1. 1-2 दिन निशुल्क गरेर केही हुन्न
    सधैभरी गरे पो त
    खै के खै के

Leave a Reply

Your email address will not be published. Required fields are marked *