आईओएमद्धारा रोकिएको स्नातक तहको प्रवेश परीक्षाको तालिका सार्वजनिक

868
Shares

काठमाडौँ, ३० भदौ । त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन् संस्थान (आईओएम)ले यसअघि रोकिएको प्रवेश परीक्षाको तालिका सार्वजनिक गरेको छ ।

सर्बोच्च अदालतले यसअघि प्रवेश परीक्षा रोक्नका लागि दिएको अन्तरिम आदेश खारेज गरेपछि आईओएमले परीक्षाको नयाँ तालिका सार्वजनिक गरेको हो ।

आइओएम परीक्षा समितिको आज बसेको बैठकले यसअघि रोकिएको प्रवेश परीक्षा आगामी ३, ५, ६ र ७ असोजका लागि तोकेको छ ।

नयाँ तालिका अनुसार ३ असोजमा एमबीबीएस, ५ असोजमा बीडीएस, बीएनएस, ६ असोजमा बीएस्सी नर्सिङ, बीएएमएस, बी फार्मेसी, बीएससी एमआईटी, बी अप्टम,बीएएसएलपी, बीएससी एमएलटी, बी टेकको परीक्षाको मिति तोकिएको छ । यस्तै ७ असोजमा बीपीएचको प्रवेश परीक्षाको मिति तोकिएको छ ।

विहान १० देखि १२ बजेसम्म हुने परीक्षामा पहिलेकै प्रवेश पत्रले काम दिने समेत परीक्षा समितिले बताएको छ ।

हेर्नुहोस तालिका

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *