आईओएमद्धारा रोकिएको स्नातक तहको प्रवेश परीक्षाको तालिका सार्वजनिक

काठमाडौँ, ३० भदौ । त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन् संस्थान (आईओएम)ले यसअघि रोकिएको प्रवेश परीक्षाको तालिका सार्वजनिक गरेको छ ।

सर्बोच्च अदालतले यसअघि प्रवेश परीक्षा रोक्नका लागि दिएको अन्तरिम आदेश खारेज गरेपछि आईओएमले परीक्षाको नयाँ तालिका सार्वजनिक गरेको हो ।

आइओएम परीक्षा समितिको आज बसेको बैठकले यसअघि रोकिएको प्रवेश परीक्षा आगामी ३, ५, ६ र ७ असोजका लागि तोकेको छ ।

नयाँ तालिका अनुसार ३ असोजमा एमबीबीएस, ५ असोजमा बीडीएस, बीएनएस, ६ असोजमा बीएस्सी नर्सिङ, बीएएमएस, बी फार्मेसी, बीएससी एमआईटी, बी अप्टम,बीएएसएलपी, बीएससी एमएलटी, बी टेकको परीक्षाको मिति तोकिएको छ । यस्तै ७ असोजमा बीपीएचको प्रवेश परीक्षाको मिति तोकिएको छ ।

विहान १० देखि १२ बजेसम्म हुने परीक्षामा पहिलेकै प्रवेश पत्रले काम दिने समेत परीक्षा समितिले बताएको छ ।

हेर्नुहोस तालिका

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *