स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा. रोशन पोखरेल नियुक्त

काठमाडौँ, ३० भदौ । स्वास्थ्य सेवा विभागको निमित्त महानिर्देशकको जिम्मेवारी डा रोशन पोखरेलले पाएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले सोमबार मन्त्रीस्तरीय निर्णय गर्दै डा पोखरेललाई सो जिम्मेवारी दिएका हुन् ।

‘निर्णय त भै सक्यो रे । तर चिठी हात परेको छैन्,’ डा पोखरेलले भने, ‘त्यसैले अहिले म मन्त्रालयमै छु ।’

समायोजन पछिको पदस्थापनमा कोशी अस्पतालका निर्देशक भएका डा पोखरेलको स्थानमा मन्त्रालयले विभागका महानिर्देशक रहेका डा गुणराज लोहनीलाई पठाएको थियो । त्यसपछि उनी कन्सलटेन्टको भूमिकामा थिए ।

यता विभागमा १२ औँ तहका प्रमुख विशेषज्ञ रहरेका सुशीलनाथ प्याकुरेललाई पठाइएको थियो । प्याकुरेलले गत २२ भदौमा अनिवार्य अवकाश पाएका छन् । त्यसयता विभाग रिक्त थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *