प्राडा अग्रवालमाथि दुर्व्यवहार गर्नेमाथि कारवाही गर्न एनएमए र स्ववियूको माग

प्राडा जगदीश अग्रवाल

काठमाडौँ, ३० भदौ । त्रिवि चिकित्साशास्त्र अध्ययन् संस्थान (आईओएम)का डीन प्राडा जगदीश अग्रवालमाथि आइतबार भएको दुर्व्यवहार पछि दुईवटा संस्थाले विरोध गरेका छन् ।

नेपाल चिकित्सक संघ (एनएमए) र स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) महाराजगञ्ज क्याम्पसले विज्ञप्ती निकाली विरोध जनाएका हुन् । उनीहरुले घटनाको विषयमा छानवीन गरी दोषीमाथि कानुनी कारवाही गर्न माग गरेका छन् ।

आइतबार अवेर राती विज्ञप्ती जारी गर्दै एनएमएले राजधानीको केन्द्रमा रहेको आईओएममा समेत चिकित्सकलाई बदनाम गर्ने र चरित्र हत्या गर्ने जस्ता गतिविधिले देशभरका चिकित्सक कसरी सुरक्षित हुनसक्छन् भन्दै सरकारसमक्ष प्रश्न गरेको छ ।

महासचिव डा लोचनकार्की द्धारा जारी विज्ञप्तीमा यस्ता गतिविधिलाई नियन्त्रण गर्न हाल मन्त्रिपरिषदमा बिचाराधिन रहेको ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्वन्धी ऐन २०६६ र सो को नियमावली २०६९’ मा बिना धरौटी जेल चलानको प्रावधान थप गरी गरी यथासिघ्र पारित गर्न समेत माग गरिएको छ ।

यस्तै महाराजगञ्ज क्याम्पसका स्ववियू सभापतिद्धारा जारी विज्ञप्तीमा प्राडा अग्रवालप्रति गरिएको दुर्व्यवहार प्रति भत्सर्ना गर्दै सत्य तत्य छानवीन गरी दोषीमाथि कारवाही गर्न माग गरिएको छ ।

आइतबार (हिजो) दिउसो सवा २ बजे शिक्षण अस्पतालको आफ्नो कार्यकक्षमा रहेका प्राडा अग्रवाललाई नेपाल टाइम्सको पत्रकार भन्दै आएका दुई जना अज्ञात व्यक्तिले कालो मसी छ्यापेर भागेका थिए । प्रहरीले उनीहरुको खोजी गरिरहेको जनाएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *