आईओएमका डीन प्राडा जगदीश अग्रवालमाथि टिचिङ अस्पतालमा दुर्व्यवहार

काठमाडौँ, २९ भदौ । त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन् संस्थान (आईओएम)का डीन प्राडा जगदीश अग्रवालमाथि दुर्व्यवहार भएको छ ।
त्रिवि शिक्षण अस्पतालको कार्यकक्षमा बसिरहेका बेला दुई जनाको समूहमा आएका अपरिचित व्यक्तिले दुर्व्यवहार गरेको हो ।
डीन कार्यलयका प्रशासन प्रमुख बैकुण्ठ थपलियाले दिउसो सवा २ बजे अन्तरबार्ता लिन भनेर छिरेको दुई जनाको समूहले अग्रवालमाथि कालो मसी छर्केर फरार भएको बताए ।
‘नेपाल टाइम्सबाट अन्तरवार्ता लिन भनेर आएका रहेछन् । भित्र छिर्नासाथ डीन सरमाथि कालोमसी छर्केर भागेछन् । उनीहरु को हुन् ? के हुन् ? केही थाहै भएन,’ थपलियाले भने ।
उनले के कारणले दुर्व्यवहार भएको भन्ने समेत अहिलेसम्म जानकारीमा नआएको बताए । उनले फरार व्यक्तिहरुको खोजी भईरहेको जानकारी दिए ।
सम्पर्क इमेल : [email protected]