चिकित्सक संघको आउँदो निर्वाचनमा अध्यक्ष पदमा उम्मेद्धारी दिने डा. पुष्पमणि खरालको घोषणा

काठमाडौ, २७ भदौ । आगामी माघमा हुने तयारी भएको नेपाल चिकित्सक संघको निर्वाचनमा आफूले अध्यक्ष पदमा उम्मेद्धारी दिने डा पुष्पमणि खरालले घोषणा गरेका छन् । सुरक्षीत पेशा खुशी चिकित्सक भन्ने अभियान लिएर सुदूरपश्चिम प्रदेशको धनगढी पुगेका डा खरालले आउदो निर्वाचनमा अध्यक्ष पदमा उम्मेद्धारी दिने घोषणा गरेका हुन् ।

डा खराल यसअघिको निर्वाचनमा महासचिव पदमा स्वतन्त्र उम्मेद्धारी दिएका थिए ।

‘अध्यक्षमा उठ्ने घोषणा गरेँ तर यसपटक अघिल्लो पटक जस्तै एक्लै होइन समूहमै उम्मेद्धारी दिइन्छ । अरु पदका उम्मेद्धारी केही समय पछि सार्वजनिक हुन्छ । अध्यक्षमा अहिले नै सार्वजनिक गरेको हुँ,’ डा खरालले भने ।

उनले आफूले एनएमएको लागि निश्चत भिजन र कार्ययोजना सहित उम्मेद्धारी घोषणा गरेको समेत दावी गरे ।

एनएमएको आगामी निर्वाचन माघमा गर्ने तयारीमा निर्वाचन समिति लागेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *