उच्च अदालत बिराटनगरले बीपी प्रतिष्ठानलाई भन्यो, ‘परीक्षा लिनु तर रिजल्ट ननिकाल्नु’

376
Shares

काठमाडौँ, २७ भदौ । उच्च अदालत विराटनगरले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको भोलिका लागि तय भएको स्नातक तहको प्रवेश परीक्षा सुचारु गरेपनि तत्कालका लागि नतिजा प्रकाशित नगर्न र भर्ना प्रक्रिया अघि नबढाउन अन्तरिम आदेश एिको छ ।

न्यायाधिश महेश शर्मा पौडेलको एकल इजलासले प्रवेश परीक्षाको सबै तयारी भईसकेको र विभिन्न ठाँउबाट विद्यार्थीहरु आईसकेको अवस्थामा परीक्षा रोक्न नमिल्ने देखिएको भन्दै अर्को आदेश नहुँदासम्मका लागि नतिजा प्रकाशित नगर्न भनेको हो ।

भोलि हुने प्रवेश परीक्षा रोक्न अन्तरिम आदेश माग गर्दै विक्की कुमार रायले विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानलाई विपक्षी बनाई विहीबार (हिजो) रिट दायर गरेका थिए । सोही रिटको आज प्रारम्भिक सुनुवाई गर्दै यस्तो आदेश दिएको हो ।

यस्तो छ आदेश

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *