डेंगुको संक्रमणमा परे बरिष्ठ आँखा विशेषज्ञ डा. सन्दुक रुइत पनि

काठमाडौँ,२३ भदौ । बरिष्ठ आँखा रोग विशेषज्ञ डा सन्दुक रुइत डेंगु संक्रमणमा परेका छन् । उनको अहिले थापाथलीस्थित नर्भिक अस्पतालमा उपचार भइरहेको छ ।

उनीसंगै एक जना छोरी र भाञ्जीलाई समेत डेंगुको संक्रमण देखिएको छ । उनीहरुको पनि सोही अस्पतालमा उपचार भईरहेको बताइएको छ ।

‘पहिले ज्वरो आयो भनेर जाँच गर्न आउनु भएको थियो । सो क्रममा डेंगु पोजेटिभ देखियो । त्यसपछि उपचारमा हुनुहुन्छ । उहाँसंगै छोरी र भान्जीमा समेत सोही समस्या देखिएको छ । उहाँहरु पनि रेष्टमा हुनुहुन्छ,’ अस्पताल स्रोतले भन्यो ।

गत ३० बैशाखमा धरानमा पहिलो पटक देखिएको डेंगुको प्रभाव अहिलेसम्म सातवटै प्रदेशका ५६ जिल्लामा देखिएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार १ साउन देखि २२ भदौसम्म ३ हजार ८९९ सय जनामा डेंगु पोजेटिभ देखिएको छ । इडीसीडीले १ साउन देखि हालसम्म ६ जनाको मृत्यु भएको पुष्टी गरेको छ ।

नेपालमा तीन महिनाअघि देखि देखिएको डेंगुको संक्रमणले महामारीको रुप लिएको छ। देशभरका ५६ जिल्लामा डेंगु देखिएको छ भने करिब ४ हजार बढी मानिस संक्रमित भएको स्वास्थ्य मन्त्रालयको भनाइ छ।

डेंगुकै कारण देशभर ६ जनाको मृत्यु भएको पृष्टि भइसकेको छ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *