डेंगुको डर : सरुवा रोग अस्पतालमा बिरामीको ठेलमठेल (फोटो फिचर)
काठमाडौँ, २३ भदौ । सरुवा रोग अस्पतालको एउटा मापदण्ड के हो भने एक विरामी अर्को विरामीसंग छोइन हुन्न तर आईतवार दिउसो टेकुस्थित शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पताल पुग्दा बिरामीहरु एकअर्कासंग ठेलमठेल गर्दै लाइनमा थिए ।
पैसा तिर्ने लाईन देखि रिपोर्ट लिने ठाँउसम्म बिरामीहरुबीच ठेलमठेल हुन्छ । यो आज मात्रै होइन पछिल्लो एक साता देखि यस्तै भईरहेको छ । लाइन मिलाउन अघि सरेका एक जना सुरक्षाकर्मीले भने ।
पछिल्लो समय राजधानीमा फैलिएको डेंगुको परीक्षण गराउन आउनेको निकै भिड छ । अस्पतालका निर्देशक डा बासुदेव पाण्डे भन्छन्, ‘टेकु अस्पतालको इतिहासमै यति धेरै बिरामी एकै पटक अस्पताल आएका थिएनन् । डेंगु छोइदैमा सर्ने त होइन तर सरुवा रोग अस्पतालमा आउने विरामीहरु यहि रोगका मात्रै हुन्छन् भन्ने छैन । त्यसैले अलि व्यवस्थापन गर्नु पर्छ नै ।’
डेंगु परीक्षण गराउन आउनेको भिड बढेपछि अहिले अस्पतालले बेडसंख्या देखि चिकित्सक, प्यारामेडिक्स सम्म थपिदिन मन्त्रालयलाई पत्राचार गरेको छ । यस्तै प्रयोगशालामा उपकरण थप्न र आवश्यक जनशक्ति मिलाइदिन समेत आग्रह गरेको छ ।
पछिल्लो समय टेकु अस्पतालमा दैनिक १ हजार बढी विरामीको भिड लाग्ने गरेको छ । थोरैसंख्यामा कार्यरत चिकित्सक तथा प्यारामेडिक्सलाई यो भिडको व्यवस्थापन गर्न हम्मेहम्मे परेको छ ।
हेरौँ फोटोफिचर







सबै तस्बिर : रामप्रसाद न्यौपाने
सम्पर्क इमेल : [email protected]





नेपाली हेल्थ 

