वीर अस्पतालले शुरु गर्‍यो डेंगु परीक्षण

काठमाडौँ, २० भदौ । वीर अस्पतालले पनि आजबाट डेंगु रोगको परीक्षण शुरु गरेको छ ।  परीक्षण गर्ने किट आफै खरीद गरी वीर अस्पतालले आजबाट डेंगु परीक्षण शुरु गरेको हो ।

अस्पतालका निर्देशक डा. केदार सेन्चुरी भन्छन्, ‘लक्षण लिएर आएका बिरामीलाई टेकुस्थित शुक्रराज ट्रोपीकल तथा सरुवा रोग अस्पतालमा रिफर गरेर साध्य नलागेपछि वीरले आफै सेवा शुरु गरेको हो । धेरै सर्वसाधारण ओपिडीमा आउँछन् । चिकित्सकले डेंगु आंशका गरेपछि थप परीक्षणका लागि टेकु पठाउनुपर्ने हुन्थ्यो । तर पछिल्लो समयमा विरामीको संख्या बढ्न थाल्यो । भर्ना भएका विरामीलाई पनि लक्षण देखिन थाल्यो । त्यसैले किट ल्याएर यहि परीक्षण गर्न थाल्यौँ ।’

उनले इमरजेन्सी र ओपिडीमा आउने विरामीको डेंगु परीक्षण हुने व्यवस्था मिलाएको जानकारी दिए । विरामीको सुविधाका लागि वीर अस्पतालले सबैभन्दा सस्तो अर्थात ५ सय रुपैयाँमा डेंगु किटद्धारा परीक्षणको व्यवस्था गरिएको समेत डा सेच्नुरीले बताए ।

यसबर्ष गत ३० बैशाखमा पहिलो पटक धरानमा देखिएको डेंगु नियन्त्रण हुन नसक्दा अहिले यसको प्रकोप देशव्यापी बनेको छ । पछिल्ला दिनहरुमा भने यसको बढी प्रभाव काठमाडौँमा देखा परेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *