डेंगु संक्रमणमा परेका कृषिमन्त्री खनालको ग्राण्डीको आसियूमा राखेर उपचार

काठमाडौँ, १९ भदौ । कृषि तथा पशुपंछी विकास मन्त्री चक्रपाणि खनाल ‘बलदेव’लाई डेंगुको संक्रमण भएको छ। उनको अहिले धापासीस्थित ग्राण्डी अस्पतालमा उपचार भईरहेको छ ।

डेंगु संक्रमणका कारण ज्वरो बढेपछि मन्त्री खनाललाई बुधबारबाट बुधबार बेलुका ग्राण्डी पु¥याइएको थियो । उनलाई अहिले अस्पतालको आईसियूमा राखेर उपचार गरिएको निर्देशक डा चक्रराज पाण्डेले बताए ।

मंगलबार साँझबाट टाउको दुख्ने, ज्वरो आउने भएपछि जचाउँन मन्त्री खनाल पुल्चोकस्थित निदान हस्पिटल पुगेका थिए।

निदानले उनलाई डेंगुको परीक्षण गराउन शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु रिफर गरेको थियो । तर शुक्रराज अस्पतालका निर्देशक डा बासुदेव पाण्डेले मन्त्री खनाल शुक्रराज अस्पताल टेकुमा आएको आफूलाई थाह नभएको बताए ।

ग्राण्डी अस्पतालका निर्देशक डा पाण्डेले आफ्नो निगरानीमा डा विनय रेग्मी, डा सुवास आचार्य, डा. प्रज्वल, डा प्रभात लगायतको टोलीले उपचार गरिरहेको बताए ।

‘खासमा उहाँलाई संक्रमणको अवस्थाले आइसियूमा लैजान परिसकेको होइन तर कियोरका लागि हामीले राखेका हौँ । बाहिर राख्दा उहाँलाई भेटन आउनेको भिड लाग्ने भयो ।’ डा पाण्डेले अगाडी थपे, ‘अहिले उहाँको स्वास्थ्य अवस्था नियन्त्रणमै छ ।’

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *