संघर्ष समितिको तालावन्दी पछि शिक्षा मन्त्रालयले निकाल्यो यस्तो विज्ञप्ती

काठमाडौँ, १७ भदौ । चिकित्सा शिक्षा संघर्ष समितिको नामबाट विद्यार्थीहरुको समूहले त्रिभुवन विश्वविद्यालय र काठमाडौँ विश्वविद्यालयका चिकित्साशास्त्र तर्फका डीन तथा परीक्षा शाखा कार्यालयमा तालावन्दी गरेपछि शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।

मन्त्रालयले मंगलबार अपरान्ह विज्ञप्ती जारी गर्दै संघर्ष समितिको नामबाट भइरहेको आन्दोलनबाट आफ्नो ध्यानाकर्षण भएको जनाएको हो ।

दुई पेज लामो विज्ञप्तीमा मन्त्रालयले संघर्ष समितिलाई बार्ताका माध्यमबाट समस्या समाधानमा लाग्न सकिने भन्दै जारी आन्दोलनलाई स्थगित गर्न भनेको छ ।

उसले चिकित्साशास्त्र तर्फका स्नातक तहका विभिन्न विषयका प्रवेश परीक्षाको मुखमा तालावन्दी गर्दा त्यसले परीक्षा दिन लागेका विद्यार्थीलाई समेत अन्योलको अवस्था सिर्जना गर्ने भन्दै बार्ता नै सबैभन्दा उपयुक्त विकल्प भएको जनाएको छ ।

मन्त्रालयका प्रवक्ता बैकुण्ठ अर्यालद्धारा जारी विज्ञप्ती यस्तो छ

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *