आँखामा गरिने शल्यक्रिया ‘अकुलोप्लाष्टि’ के हो ?

  • डा. पुजा राजभण्डारी (अकुलोप्लाष्टि विशेषज्ञ )
– डा. पुजा राजभण्डारी (अकुलोप्लाष्टि विशेषज्ञ )

आँखा र आँखाको वरिपरि गरिने प्लाष्टिक सर्जरीलाई नै अकुलोप्लाष्टि सर्जरी भनिन्छ । यस्तो सर्जरी कतिपय अवस्थामा रोगको उपचारका लागि गरिन्छ भने कतिपय अवस्थामा आँखा र अनुहारको सुन्दरताको लागि गरिन्छ ।

बढ्दो उमेरको कारणले आँखामा देखिने रोग मात्रै होइन दुर्घटनामा परेर आँखाको आकार बिग्रेको अवस्थामा पनि अकुलोप्लाष्टि मार्फत लाभ लिन सकिन्छ । यो शल्यक्रिया अर्थात अकुलोप्लाष्टि गर्दा भर्ना हुन नपर्ने र एकै दिनमा अर्थात शल्यक्रिया गरेकै दिन घर फर्किन सकिने हुन्छ ।

अकुलोप्लाष्टि सर्जरी कस्तो अवस्थामा गर्ने ?

  • आँखाबाट निरन्तर आँशु, चिप्रा वा फोहोर पानी बगिरहने ।
  • आँखाको कुना, नाकको भागतिर थिच्दा आँखाबाट पिप निस्कने ।
  • आँखाको वरिपरी सुन्निने, दुख्ने, रातो हुने र ज्वरो आउने ।
  • आँखाभित्र केही परेको जस्तो महसुस भएमा ।
  • आँखा बाहिरतिर आएको अथवा ज्यादै ठुलो र डर लाग्दो देखिएमा ।
  • छाला चाउरी परेर परेली भित्र अथवा बाहिर फर्केमा ।
  • यदि आँखा वरिपरी पहिले नै रहेको कोठी चिलाउन, रङ फेरिन, ठुलो हुन र रगत बग्न थालेमा ।
  • परेला घरिघरि भित्र छिरि राखेमा ।
  • आँखा वरिपरि देखिने मासु पलाएमा ।
  • फोटो खिचाउँदा सेतो नानी देखेमा ।
  • जन्मदा देखिनै आँसु बगिरहेमा ।
  • आँखा भित्रको झिल्लीमा मासु पलाएमा ।

र, सौन्दर्यका हिसाबले हेर्ने हो भने निम्न अवस्थामा अकुलोप्लाष्टि गर्न सकिन्छ ।

  • आँखाको मुन्द्रि नभएको,
  • आँखाको छाला चाउरी परेमा,
  • आँखी भौँ तल झरेमा,
  • आँखाको वरिपरी कोठी निस्किएको खण्डमा,
  • आँखाको ढकनी माथि या तल बोसो निस्किएमा या सुन्निएको जस्तो देखिएमा,
  • आँखाको मासु र बोसो सुक्दै जाने रोग लागेमा र
  • आँखा वरिपरि कालो घेरा  (DARK Circle)आएमा

#अकुलोप्लाष्टि विशेषज्ञ डा. राजभण्डारीलाई जाउलाखेलस्थित नेशनल आई एण्ड कस्मेटिक सर्जरी सेन्टरमा भेटन सकिन्छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *