संघर्ष समितिद्धारा आईओएम डीन कार्यालय र परीक्षा शाखामा तालावन्दी

काठमाडौँ, १५ भदौ । तोकिएको अवधीमा माग पुरा नगरेको भन्दै चिकित्सा शिक्षा संघर्ष समितिले आज त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन् संस्थान (आईओएम)को डीन कार्यालय र परीक्षा शाखामा तालाबन्दी गरेका छन् ।

संघर्ष समिति संयोजक समेत रहेका महाराजगञ्ज मेडिकल क्याम्पसका स्ववियू सभापति डा मिलन गैह्रेको नेतृत्वमा गएको टोलीले आईओएमको डीन कार्यालय र परीक्षा शाखामा तालावन्दी गरेका हुन् ।

समितिले तोकिएको भन्दा बढी शुल्क लिने मेडिकल कलेजलाई कारवाही गर्नुपर्ने, चिकित्सा शिक्षा ऐनमा भए अनुसारको ७५ प्रतिशत छात्रबृत्तिको व्यवस्था हुनुपर्ने, साझा प्रवेश परीक्षा हुनुपर्ने लगायत ८ सुत्रीय माग राखेका छन् ।

समितिले ७२ घण्टामा माग पुरा गर्न भनेर दिएको समय सिमा सकिएपछि आफूहरु बाध्यभएर तालाबन्दीमा उत्रिएको बताएका छन् ।

आईओएम सहित सरकारले चाहेमा हामीले उठाएको माग पुरा गर्न सजिलै सकिन्छ तर त्यसो भईरहेको छैन । त्यसैले हामीले बाध्यभएर तालावन्दी गरेका हौँ । डा गैरेले भने ।

संघर्ष समितिले तीन दिन अघि बुझाएको ज्ञापन पत्र यस्तो छ

 

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *