घुस लिएको आरोपमा म्याग्दीका स्वास्थ्य प्रमुख सहित तीन जना विरुद्ध मुद्धा दायर

काठमाडौँ, १३ भदौ ।  सेवाग्राहीसंग घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला स्वास्थ्य कार्यालय, म्याग्दीका निमित्त कार्यालय प्रमुख (जनस्वास्थ्य निरीक्षक) भीम प्रसाद आचार्य सहित तीन जना विरुद्ध विशेष अदालतमा मुद्धा दायर गरेको छ ।

मुद्धा दायर भएका कर्मचारीहरुमा स्टोरकिपर (अधिकृत छैठौं) रघुनाथ रेग्मी, लेखापाल हरिशंकर शर्मा रहेका छन् । तर उनीहरुसंगै पक्राउ परेका सवारी चालक भगदत्त जैसीलेले भने सफाई पाएका छन् ।

कार्यालयबाट संचालित विभिन्न कार्यक्रम वापतको पेश्की फछर्यौट गरिदिने बहानामा सेवाग्राहीसँग १ लाख ३० हजार घुस रकम माग गरिरहेको भन्ने सूचनाको आधारमा अख्तियारले गत १३ साउनमा उनीहरुलाई पक्राउ गरेको थियो ।

अख्तियारले अनुसन्धानको क्रममा आचार्य, रेग्मी र हरिशंकर शर्माले सेवाग्राहीले संचालन गरेको कार्यक्रमको पेश्की फछर्यौट गर्ने गराउने बहानामा घुस बापत १ लाख ३० हजार लिइ बाँडीचुडी खाने नियत देखिएको बताएको छ ।

त्यसबेला उनीहरुले सवारी चालकलाई घुस लिन र जम्मा गर्न लगाएका थिए । अख्तियारले सवारीचालक जैसी उनीहरुको मतियार भएपनि भष्टाचारजन्य कसुरमा दोषीलाई कारबाही गराउने कार्यमा आयोगलाई सहयोग पुर्‍याएको आधार सजायको मागदावी छुट दिएको बताएको छ ।

तीन जना विरुद्ध भने १ लाख ३० हजार विगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को देहाय (घ) बमोजिम जरिवाना र कैद सजाय हुन मागदाबी लिई आज विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *