स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. प्याकुरेलको पदावधी एक बर्ष थपिदै

काठमाडौँ, ११ भदौ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य सेवा विभागका महानिर्देशक डा सुशीलनाथ प्याकुरेलको पदावधी एक बर्ष थप्ने निर्णय गरेको छ । मन्त्रालयले सो सम्वन्धी प्रस्ताव मन्त्रिपरिषदमा पठाईसकेको छ ।

प्रमुख विशेषज्ञ पद (१२ औँ तह)का डा प्याकुरेलले ६० वर्षे अवधी पुरा गरी आगामी २२ भदौमा अनिवार्य अवकाश पाउँदै थिए ।

मन्त्रालयले स्वास्थ्य सेवा ऐन २०५३ को दफा ४५ को उपदफा २ अनुसार उनको पदावधी थप गर्न प्रस्ताव गरिएको बताएको छ ।

अनिवार्य अवकाश सम्वन्धी दफा ४५ को उपदफा १ ले ६० बर्ष उमेर पुरा भएको व्यक्तिलाई अनिवार्य अवकाशको व्यवस्था गरेको छ । तर, सोही दफाको उपदफा २ ले उपदफा १ मा जुनसुकै कुरा लेखिएको भएता पनि नेपाल सरकारलाई विशेषज्ञ सेवा अत्यावश्यक भएमा ६० बर्ष पुराभई अवकाश हुने कर्मचारीलाई बढीमा तीन बर्षको अवधी थप्न सकिनेछ भनेको छ ।

मन्त्रालयका उपसचिव भवनाथ खतिवडाले महानिर्देशक डा प्याकुरेलको १ बर्षे म्याद थपका लागि प्रस्ताव मन्त्रिपरिषदमा पठाईसकिएको पुष्टी गरे । उनले भने, ‘प्रस्ताव गएको छ । सम्भवत अबको मन्त्रिपरिषद बैठकमा निर्णय हुनेछ ।’

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *