डायटरी सप्लीमेन्ट फार्मेसीमा राखी बिक्री गर्न रोक लगाउँदै औषधी व्यवस्था विभाग

- नेपाली हेल्थ

काठमाडौँ, ११ भदौ । औषधी व्यवस्था विभागले डायटरी सप्लीमेन्ट तथा न्युट्रासिटिकल्स प्रडक्ट (आहारपुरक खाद्यपदार्थ ) फार्मेसीमा राखी बिक्री वितरण गर्न प्रतिवन्ध लगाउने तयारी गरेको छ । यस्ता खाद्य पदार्थ औषधि नभएको र विभागमा दर्ता समेत नभएको भन्दै विभागले फार्मेसीमा विक्री गर्न प्रतिवन्ध लगाउन लागेको हो ।

औषधि व्यवस्था विभागका नि महानिर्देशक पानबहादुर क्षेत्रीले औषधी ऐनले डायटरी सप्लीमेन्ट तथा न्युट्रासिटिकल्सको बारेमा स्पष्ट ढंगले कानूनमा व्याख्या भएको उल्लेख गर्दै सोही अनुसार नियमन गर्न विभागको तयारी रहेको बताए । ‘कानूनले बन्देज लगाए पनि कतिपय फार्मेसी पसलहरुले आयातित डायटरी सप्लीमेन्ट राखेर विक्री वितरण गरेको पाइएको छ । यसो गर्न पाइदैन । फार्मेसीमा विभागमा दर्ता भएका औषधि बाहेक अरु चिज राख्न पाइदैन,’ उनले भने ।

कतिपय चिकित्सकहरुले औषधिसंगै डायटरी सप्लीमेन्ट समेत फोर्स प्रिस्काईव गरेको भन्दै उनले यस्तो कार्य समेत गलत भएको बताए ।
डायटरी सप्लीमेन्ट सप्लाईकर्ताले भने खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बनाएको आहार पुरक (डायटरी सप्लीमेन्ट) खाद्य पदार्थ नियमन कार्यविधि २०७२ अनुसार आफूहरुले यसको विक्री वितरण गरेको बताउँदै आएका छन् ।

तर विभागका महानिर्देशक क्षेत्रीले भने कार्यविधिको आधारमा फार्मेसीमा राखेर विक्री वितरण गर्न नपाईने भन्दै, त्यस्ता पदार्थ विक्री वितरण गर्नुपरे छुट्टै पसल खोल्नु पर्ने प्रतिक्रिया दिए ।

पछिल्लो समय नेपालमा डायटरी सप्लीमेन्टको व्यापार निकै बढेको छ ।

 


Facebook Comment


थप समाचार