एक साता भित्र माग पुरा नभए मेडिकल कलेजको शैक्षिक तथा प्रशासनिक कार्य ठप्प पार्ने

काठमाडौँ, १० भदौ ।  मेडिकल शिक्षा सम्वन्धी विभिन्न १७ बुँदे माग अघि सारेको चिकित्सा शिक्षा संघर्ष समितिले एक साता भित्र माग पुरा नभएको खण्डमा आगामी १८ भदौ देखि मेडिकल कलेजको शैक्षिक तथा प्रशासनिक कार्य ठप्प पार्ने बताएको छ ।

राजधानीमा आज आयोजित अन्तरक्रिया कार्यक्रममा संघर्ष समितिका संयोजक एवं चितवन मेडिकल कलेजका विद्यार्थी प्रकाश चन्दले आन्दोलनको घोषणा गरेका हुन् ।

सो अवसरमा समितिले शिक्षा मन्त्रालय, विश्वविद्यालयहरु, मेडिकल काउन्सिल तथा विभिन्न मेडिकल कलेजका विद्यार्थी तथा प्रतिनिधिबीच अन्तरक्रिया कार्यक्रम गरेको थियो ।

संयोजक चन्दले चिकित्सा शिक्षा दलाल माफियाको कब्जामा परेकोले त्यसबाट मुक्त गर्न आन्दोलनको विकल्प नभएको बताए ।

‘मेडिकल कलेजहरुले अहिले पनि मनपरी शुल्क असुलिरहेका छन्, नियमक निकाय मौन छ । विद्यार्थीहरुलाई दवाव तथा प्रभावमा पारेर मेडिकल कलेजका साहूहरु मोटाइरहेका छन् । यसलाई तोडनका लागि हामीले विरोधका कार्यक्रम सार्वजनिक गरेका हौँ,’ उनले भने ।

कार्यक्रममा नेपाल मेडिकल काउन्सिलका पूर्व अध्यक्ष प्राडा धर्मकान्त बास्कोटाले चिकित्सा शिक्षामा विकृति बढ्नुमा सबैपक्ष दोशी रहेको भन्दै त्यसमा सुधार गर्न पनि सबैपक्ष सुध्रिनुपर्ने बताए । उनले विद्यार्थीहरुलाई शैक्षिक कार्यक्रम अबरुद्ध गरेर आन्दोलनमा नलाग्न आग्रह गरे ।

शिक्षा मन्त्रालयका सहसचिव डा हरिप्रसाद लम्सालले विद्यार्थीहरुले उठाएको मागका विषयमा छलफल गर्न मन्त्रालय तयार रहेको भन्दै आन्दोलनका कार्यक्रमलाई अघि नबढाउन आग्रह गरे ।

नेपाल मेडिकल एसोसिएसनका अध्यक्ष डा मुक्तिराम श्रेष्ठले चिकित्सा शिक्षा सुुधारका लागि आफ्नो संगठन निरन्तर आन्दोलनमा लागि रहेको बताए ।

कार्यक्रममा नेपाल मेडिकल काउन्सिलका सदस्य डा कालुसिंह खत्रीले विद्यार्थीहरुको माग प्रति आफ्नो संस्थाको धारणा प्रस्तुत गरेका थिए ।

संघर्ष समितिको माग यस्तो छ :

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *