कर्णाली प्रदेश सरकारद्धारा जिल्लाका स्वास्थ्य कार्यालय, अस्पताल र आयुर्वेद औषधालय ‘मर्ज’

सुर्खेत । कर्णाली प्रदेश सरकारले जिल्लामा रहेका स्वास्थ्य कार्यालय, जिल्ला अस्पताल र जिल्ला आयुर्वेद औषधालयलाई गाभेर एउटै (मर्ज) गर्ने निर्णय गरेको छ । हिजो बसेको मन्त्रिपरिषदको बैठकले यस्तो निर्णय गरेको सामाजिक विकास मन्त्री दलबहादुर रावलले जानकारी दिए ।

‘यो निर्णय सुर्खेत र जुल्ला बाहेक कर्णाली प्रदेशका ८ जिल्लामा यो लागू हुनेछ । किनभने सुर्खेतमा प्रदेश अस्पताल भयो र जुम्लामा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान रहेको अवस्था भयो । यी दुई जिल्लामा स्वास्थ्य कार्यालय र आयुर्वेद औषधालय पनि छुट्टा छुट्टै रहन्छ । अरु आठ जिल्लामा तीनवटै संस्था एकै ठाँउमा गाभ्ने निर्णय गरियो,’ मन्त्री रावलले भने ।

कर्णाली प्रदेश सरकारले नयाँ संरचनाको लागि तयार पारेको ओएनएम सर्भे आइतबार (हिजो)को मन्त्रिपरिषद बैठकले स्वीकृत गरेको थियो । सो स्वीकृत भएसंगै हुम्ला, मुगु, कालिकोट, जाजरकोट, रुकुम पश्चिम, सल्यान, दैलेख र डोल्पामा तीनवटा संस्था अब गाभिने भएका छन् ।

‘हामीसंग अहिले पनि स्रोत साधनको अभाव छ । यस्तो अवस्थामा धेरैवटा संस्था राखेर खर्च किन बढाउने ? मितव्ययिता अपनाउन हामीले यस्तो निर्णय गरेका हौँ,’ मन्त्री रावलले भने ।

उनले नयाँ निर्णय प्रति केहीको असन्तुष्ठी पाएको आफूले बुझेको भन्दै विस्तारै बानी परेपछि ठिक हुने प्रतिक्रिया दिए ।

नयाँ निर्णय भएपछि अव तीनवटै संस्थाको प्रमुख एउटा हुनेछन् ।

कतिपय स्वास्थ्यकर्मीहरुले भने प्रदेश सरकारको यो निर्णयको आलोचना गरेका छन् । मन्त्री रावलले एउटै संस्था भएपनि जिम्मेवारी र विभाग छुट्याइने भन्दै काम गर्न अफ्टेरो नहुने बताए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

2 thoughts on “कर्णाली प्रदेश सरकारद्धारा जिल्लाका स्वास्थ्य कार्यालय, अस्पताल र आयुर्वेद औषधालय ‘मर्ज’

  1. Khichadi pakdai cha..Eutai niyake le effective kaam nagareko bela, aba 3 ta nikaye lai ekai thau ma lyaunu bhaneko murkha madhyya bidhwan le gareko decision ho.. Sayad Karnali Pradesh ma effective monitoring and evaluation napugne bhako le hola aba 3 ta niyake lai 1 tai mai convert garera ek musta aaune budget ko sajilo chalkhel ko lagi yo sab natak garidaixa..Janta le first point of contact ko rup ma use garne health post PHC lai independent ra janta ko access ma huna dinu parxa natra hospital ra PHC/HP ko ka garai k nai farak bhayo ra. Yo sara saar galat step ho..Hospital ani Jilla swasthya, ani community centres ko role different xa, so euta organization bhitra lyauna mildaina jhan potpourri matra banne xa..

  2. yakikrit parnalima lager ajhai karmachariko sotantarata mathi daman hunibho sewapani din garo hunx kinki birami akikrit sasthama ysyama yo pani r teyopani ko bhabanale upchar garx teskaran ausadhiko miss use pani huni bho arko kura parmukhako bisayama pani bibadai bibad rkarmachari bich man man mutab ko bhabana ko bikss ta huninai bho tesle garda sewaparbha sotssphurt garn garo hunx ani marparni bhaneko jannatanai hun arko kuro arthik kura bhaniyako x k ahile samma chali yayaka sastha aja yayar nachani bho ki goji bharna napaini bho bhaner mitabetako natsk gareko ho adi arthik bikash garninai ho bhane pahile a netaji ho aphano bani shudhar
    ani matra arulai mitabetako bhasan chhatnromro hola samgrama bhannuparda 2bhaiko jhagadako bijapropan hudaix stariya sewa ko abamulyan garidaix netajiko kam dekhaidaix aru garn nasakeni yo march gare bhaner nak phulauni bahek kehi upamlsbdi hudain

Leave a Reply

Your email address will not be published. Required fields are marked *