बंशाणुगत रोग परीक्षण गर्ने अत्याधुनिक ल्याव अब नेपालमै

काठमाडौँ, ३२ साउन । वशांणुगत रोगसम्बन्धी सबै परीक्षण अब नेपालमै सम्भव हुने देखिएको छ । नोभा इन्टरनेशनल डाइग्नोस्टिकले अत्याधुनिक प्रविधि सहितको ल्याब स्थापना गरेसँगै वंशाणुगत रोगको परीक्षण नेपालमै सम्भव देखिएको हो ।

ललितपुरको कुसुन्तीमा रहेको सो ल्याब शनिबार (आज) देखि सञ्चालनमा आएको हो । उक्त ल्यावमा मा डाउन सिन्ड्रोम, मस्कुलर डिस्ट्रोफी लगायतका वंशाणुगत रोग सजिलै पहिचान गर्न सकिने बताइएको छ । वंशाणुगत रोग विशेषज्ञ डा निलम ठाकुर भन्छिन्, नेपालमा यस प्रकारको अत्याधुनिक प्रविधिसहितको नोभा इन्टरनेशनल डाइग्नोस्टिक पहिलो हो जसमा धेरै प्रकारका परीक्षण गर्न सकिन्छ जुन यस अघि भारत लगायत अन्य देशमा पठाउने गरिन्थ्यो ।’

यस्तो ल्याव नहुँदा अहिलेसम्म वंशाणुगत रोगसम्बन्धी सामान्य केही बाहेक अन्य सबै परीक्षण लागि बाहिर पठाउन बाध्य भएको पनि डा ठाकुरले ठोकुवा गरिन। देश भित्रै सेवा नभएपछि महंगो शुल्क तिरेर सेवा लिन बिराम्मी पनि बाध्य थिए । तर यो सेन्टरको स्थापनासँगै अब भने कुनै पनि जाँचका लागि विदेश पठाउन पर्दैन डा ठाकुरले भनिन् ।

त्यसो त डा ठाकुरकै प्रयासमा वीर अस्पतालमा वंशाणुगत रोगको ल्याब स्थापना गरिएको थियो । तर उक्त ल्याबमा वंशाणुरोग सम्वन्धी सबै परीक्षण हुन सकेको थिएन ।

नयाँ ल्यावमा स्तन क्यान्सर हुन सक्ने सम्भावना छ वा छैन भनेर हेर्ने ब्राका १ र ब्राका २ जाँच, बच्चा खेर गइरहने समस्या किन हुन्छ भनेर गरिने जाँच, पेटमा भएको बच्चामा कुनै रोग छ कि छैन भनेर गरिने जाँच यसैगरी आइभीएफ गर्दा कुन चाहिं भ्रुण सबैभन्दा बढी सुरक्षित छ लगायतका जाँच गरिने पनि डा ठाकुरले बताइन ।

स्थापनाको अवसरमा नोभाले एक महिनाका लागि आफना सबै बिरामीलाई सबै प्रकारका जाँचमा २५ प्रतिशत छुट दिएको संस्थाका अध्यक्ष डा उज्वल ठाकुरले जानकारी दिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *