‘अस्पतालको सुरक्षाका लागि नेपाल प्रहरी गम्भीर’

312
Shares

काठमाडौँ, ३२ साउन । महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीले अस्पतालको सुरक्षाका लागि नेपाल प्रहरी गम्भीर रहेको बताएका छन् ।

समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत सामुदायिक सेवा केन्द्र कुलेश्वरको आयोजना तथा नेपाल नेशनल अस्पताल कलङ्कीको सहकार्यमा आज यहाँ आयोजित ‘अस्पताल सुरक्षासम्बन्धि छलफल तथा अन्तक्र्रिया’मा उनले अस्पतालको सुरक्षाका लागि प्रहरी जहिले पनि चनाखो रहेको उल्लेख गरे।

अस्पतालमा हुने घटनापश्चात् भित्रभित्रै पैसा दिएर समस्या सल्टाउने समस्याका कारण अस्पताललाई थप चुनौती थपिएको उनको भनाइ थियो । परिसर प्रमुख सुवेदीले अस्पतालमा घट्न सक्ने सम्भावित घटनालाई विज्ञ टोली बनाएर समाधान गर्नतर्फ अस्पताल प्रशाासन लाग्नुपर्ने बताए ।

काठमाडौँ महानगरपालिका–१४ का अध्यक्ष शोभा सापकोटाले अस्पतालजस्तो पवित्र स्थानलाई कमाई खाने भाँडो नबनाई सामाजिक सेवाको भावले जनताको सेवा गर्ने थलोको रुपमा विकास गर्नुपर्ने बताए ।

नेपाल नेशनल अस्पतालका मेडिकल डाइरेक्टर डा प्रकाश पौडेलले अस्पतालमा हुने सुरक्षा चुनौतीलाई कम गर्न उक्त कार्यक्रम सञ्चालन गरिएको जानकारी दिए। रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *