नेकपाको स्वास्थ्य विभाग प्रमुखमा राजेन्द्र पाण्डे

काठमाडौँ, ३१ साउन । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्वास्थ्य विभागको जिम्मेवारी राजेन्द्र पाण्डेले पाएका छन् ।

शुक्रबार बसेको नेकपा सचिवालय बैठकले स्वास्थ्य तथा जनसंख्या विभागको जिम्मेवारी राजेन्द्र पाण्डेलाई दिएको हो । यस्तै विभागको उपप्रमुखको जिम्मेवारी अन्जना विशंखेलाई दिएको छ ।

बिभागको नेतृत्व पाएका पाण्डे प्रदेश ३ का सांसद हुन् भने विशंखे प्रतिनिधि सभाकी सदस्य हुन् । पाण्डे तत्कालीन एमालेका पोलिटव्युरो सदस्य हुन भने विशंखे तत्कालीन माओवादी केन्द्रकी स्वास्थ्य विभाग इन्चार्ज थिइन ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *