म्यानमारमा डेँगुका कारण ४८ को मृत्यु, १० हजार सात सय प्रभावित


याङ्गुन, ३० साउन । म्यानमारमा फैलिएको डेँगुका कारण यस वर्ष ४८ जनाको मृत्यु भएको छ । गत सात महिनाको अवधिमा अरु १० हजार ७५७ जनामा डेँगुको सङ्क्रमण पुष्टि भएको अधिकारीहरूले जनाएका छन् ।

स्वास्थ्य तथा खेलकुद मन्त्रालयअन्तर्गतको सार्वजनिक स्वास्थ्य विभागले बुधबार सार्वजनिक गरेको विवरणमा एयेयार्वाडी क्षेत्रमा सबैभन्दा धेरै जना प्रभावित भएको उल्लेख गरिएको छ ।

विभागका अनुसार एयेयार्वाडीमा डेँगुका कारण १९ सय ७४ जना प्रभावित भएको र ५ जनाको मृत्यु भएको छ ।

त्यसपछि धेरै याङ्गुन क्षेत्रमा १७ सय ८८ जना प्रभावित र १५ जनाको मृत्यु भएको अधिकारीहरूले जनाएका छन् ।

लामखुट्टेको टोकाइबाट हुने डेँगुबाट प्रभावित भएकाहरूमध्ये पाँचदेखि नौ वर्षसम्मको उमेर समूहका धेरै रहेका छन् ।

यसअघि सन् २०१८ मा यस रोगबाट १८७ जनाको मृत्यु भएको थियो भने ३६ सय ४९ जनालाई सङ्क्रमण भएको पुष्टि भएको थियो । त्यस वर्ष मृत्यु हुनेको सङ्ख्या भने २५ रहेको अधिकारीहरूले जनाएका छन् ।  रासस/सिन्ह्वा

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *