हुम्ला : सुत्केरीको हेलिकप्टरबाट उद्धार

- नेपाली हेल्थ


हुम्ला, २८ साउन । हुम्लाको चङ्खेली गाउँपालिकाकी एक सुत्केरीलाई हेलिकप्टरबाट उद्धार गरी अस्पताल पु¥याइएको छ । चङ्खेली गाउँपालिका–३ की २२ वर्षीया कत्ती बुढाले सुत्केरी व्यथा लागेर चार दिनदेखि बच्चा जन्माउन नसकेपछि उपचारका लागि हुम्ला जिल्ला अस्पतालमा हेलिकप्टरबाट लगिएको हो ।

महिला मन्त्रालयसँग समन्वय गरेर उनको उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी बिनिता भट्टराईले जानकारी दिइन्। बुढालाई जिल्ला अस्पताल पु¥याएसँगै त्यहाँका चिकित्सक सरो प्रजापति, जेष्ठ अनमी सरिता बोहरालगायतको टोलीले शिशु जन्माउन सहयोग पु¥याएको जेष्ठ अनमी बोहराले जानकारी दिइन् । अहिले आमा र शिुशु दुवैको अवस्था राम्रो भएको उनको भनाइ थियो । रासस

थप समाचार

Loading...

Leave a Reply

Your email address will not be published. Required fields are marked *