स्वास्थ्यको कारण देखाउँदै डाक्टर सांसदले दिए पदबाट राजीनामा

1.3k
Shares

काठमाडौँ, २८ साउन । स्वास्थ्यको कारण देखाउँदै प्रतिनिधिसभा सदस्य डा सूर्यनारायण यादवले सांसद पदबाट राजीनामा दिएका छन्।

सप्तरी क्षेत्र नम्बर १ बाट तत्कालीन संघीय समाजवादी पार्टीको उम्मेदवार भई निर्वाचित भएका डा. यादवले सभामुख कृष्णबहादुर महरा समक्ष राजीनामाको निवेदन दिएका हुन्।

मेडिकल डाक्टर समेत रहेका सांसद यादवले स्वास्थ्यको कारण देखाउँदै राजीनामा बुझाएका छन्। वर्तमान सरकारमा उनकै पार्टीका अध्यक्ष उपेन्द्र यादव स्वास्थ्य मन्त्री र राज्य मन्त्री डा. सुरेन्द्र यादव छन्।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *