महाराजगञ्ज मनमोहन कार्डियो हस्पिटलमा आगलागी, बिरामी र चिकित्सक सुरक्षित

फाइल फोटो

काठमाडौँ, २७ साउन । महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा आगलागी भएको छ । सेन्टरको पाँचौँ तल्ला  रहेको अस्पताल प्रमुख तथा विभागीय प्रमुखहरुको कोठामा वेलुका साढे सात बजेतिर एक्कासी आगलागी भएको हो । यद्धपी आगलागी नियन्त्रणमा आइसकेको बरिष्ठ मुटुरोग विशेषज्ञ प्राडा भगवान कोइरालाले बताए ।

‘पाँचौँ तल्लामा लागेको आगोले अस्पतालको मेट्रोनको कार्यकक्ष तथा अन्य केही फ्याकल्टी हरुको कक्षमा क्षतिपुगेको बताइएको छ । त्यो माथिको फ्लोरमा क्षति पुगेको छ । विरामीहरु र चिकित्सक तथा स्वास्थ्यकर्मी सुरक्षित रहेका छन्,’डा कोइरालाले भने ।

‘समयमै सबैको सहयोगले आगो नियन्त्रणमा आएको छ,’ उनले भने ।

अस्पतालका कार्यकारी निर्देशक प्राडा उत्तम कृष्ण श्रेष्ठले आगोलाई समयमै नियन्त्रण लिन सकेका कारण ठूलो क्षति हुन नपाएको बताए । पाँचौ तल्लाको प्रशासनिक कोठाबाट आगलागी शुरु भएको जस्तो देखिन्छ । तर अस्पतालका कर्मचारी, स्वास्थ्यकर्मी, सेना प्रहरी सबैको सहयोगमा हामीले तत्कालै आगोलाई नियन्त्रणमा लिन सफल भयौँ । प्राडा श्रेष्ठले भने ।

आगालागी नियन्त्रणका लागि जुद्धबारुण यन्त्र, नेपाल प्रहरी र नेपाली सेनाका दमकलहरु अहिले शिक्षण अस्पतालमा पुगेका छन् ।

आगलागीको कारण थाह हुन नसकेको बताइएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *