अब समायोजनको पालो ‘गुनासो’ हालेका स्वास्थ्यकर्मीको

काठमाडौँ, २७ साउन । माथिल्लो तहदेखि कर्मचारीको समायोजन र पदस्थापन गर्दै आएको स्वास्थ्य मन्त्रालयको टोली अव भने गुनासो परेका पदहरुको मिलानमा अघि बढेको छ ।

अघिल्लो पटक सामान्य प्रशासन मन्त्रालयले समायोजन गर्दा धेरैको नमिलेपछि त्यसलाई बदर गरि पुन समायोजन गर्ने निर्णय गरेको थियो । त्यसअघि नै मन्त्रालयले अघिल्लो पटक समायोजनमा चित्त नबुझेका कर्मचारीलाई गुनासो गर्न समयावधी दिएको थियो । सोही अनुसार मन्त्रालयमा १३ हजार बढी गुनासो परेको थियो । तर पछि छानवीन गर्दा ७ हजार बढी गुनासाहरु जायज देखिएको मन्त्रालयको बताएको थियो ।

मन्त्रालयका उपसचिव भानुभक्त न्यौपानेले अहिले हेल्थ असिस्टेन्ट, अहेव र अनमी पदमा आएका गुनासाहरुको व्यवस्थापन गर्ने कार्यमा टोली लागेको बताए । ‘यसमा केही समय त लाग्छ । धेरै गुनासाहरु छन् । नमिलेका ठाँउहरुमा मिलाउने काम गाह्रो पनि हो । तर टोलीले सकेसम्म छिटो सम्पन्न गर्ने गरी काम गरीरहेको छ,’ उनले भने ।

गत असारको दोस्रो साता ११ औँ तहका कर्मचारीबाट समायोजन शुरु गरेको स्वास्थ्य मन्त्रालयले अहिले दशौँ तह, नवौँ तह, आठौँ तह हुँदै नर्सिङ तर्फको पाँचौ छैटौँ र सातौँ तहको समेत समायोजन गरिसकेको छ ।

स्वास्थ्यका अधिकारीहरुले गुनासाको ९० देखि ९५ प्रतिशत हल भएपनि ५ देखि १० प्रतिशत गुनासाहरु सम्वोधन हुन नसक्ने संकेत गरेका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *