गंगालाल अस्पतालको निमित्त निर्देशकको जिम्मेवारी डा. युवराज लिम्बूलाई

4.8k
Shares
डा. युवराज लिम्बू,
मुटुरोग विशेषज्ञ

काठमाडौँ, २६ साउन । बाँसबारीस्थित शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको निमित्त निर्देशकको जिम्मेवारी मुटुरोग विशेषज्ञ डा. युवराज लिम्बूले पाएका छन् ।

यसअघिका निर्देशक डा जोतिन्द्र शर्माको चार बर्षे कार्यकाल शनिबार (हिजो) सकिए लगत्तै रिक्त पदमा डा लिम्बूलाई कामचलाउ जिम्मेवारी दिइएको हो ।

आइतबार उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यावदले उपप्रधानमन्त्रीस्तरीय निर्णय गर्दै अर्को व्यवस्था नहुँदासम्मको लागि कार्यअधिकार सहित डा लिम्बूलाई निमित्त निर्देशकको जिम्मेवारी दिएका हुन् ।

यसअघिका निर्देशक डा शर्माले आइतबार विहान फेसबुक स्टाटस लेख्दै उपप्रधानमन्त्री यादवले कार्यकाल दोहो¥याउन आग्रह गरेको तर आफूले दोहो¥याउन नचाहेको बताएका थिए ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *