सिटिस्यान मेसिन बिक्री गर्दा ठगी गरेको आरोपमा रेडियोलोजिष्ट डाक्टर पक्राउ


सुरुङ्गा २५ साउन । इलाका प्रहरी कार्यालय दमकले सिटीस्क्यान मेसिन बिक्री गर्दा ठगी गरेको आरोपमा एक व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा विराटनगर घर भएका रेडियोलोजिष्ट डा सुनिलदेव रहेका छन् ।

प्रहरीले उनलाई लाइफलाइन अस्पताल प्रालिका अध्यक्ष डा तिलकचन्द्र साहलाई सिटिस्क्यान मेसिन बिक्री गर्दा ठगी गरेको आरोपपछि पक्राउ गरिएको हो ।

फक्राउ परेका देवलाई प्रहरीले ठगी मुद्दामा दुई पटक अदालतबाट म्याद थप गरी अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्यामल सुब्बाले बताउए । उनले भने, “रेडियोलोजिष्ट देवले दश वर्षअघि डा साहलाई सिटिस्क्यान मेसिन बिक्री गरेको र लेनदेनमा समस्या रहेछ, डा साहको उजूरीका आधारमा उनलाई हामीले नियन्त्रणमा लिएका हौं ।” पक्राउ परेका रेडियोलोजिष्ट अहिले इलाका प्रहरी कार्यालयको नियन्त्रणमा छन् ।

सिटी स्क्यानको मूल्य झण्डै दुई करोड रुपैयाँ पर्ने बताइएको छ । डा साहले देवको सहयोगमा भारतको एक अस्पतालबाट रु ५० लाखमा मेसिन खरीद गरेको बताइन्छ । रेडियोलोजिष्ट देवले खरीद गर्न सहयोग गरेर ल्याएको सिटीस्क्यान मेसिन अहिले डा साहसँग नै रहेको बताइएको छ । तर, डा देवले अहिलेसम्म पनि आफूलाई सिटिस्क्यान मेसिन नदिएको डा साहले आरोप लगाएका छन् । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *