स्वास्थ्य परीक्षणका लागि सिङ्गापुर पुगेका प्रधानमन्त्री ओली आइतबार फर्कँदै

गत शनिबार सिङ्गापुर प्रस्थान गर्दै गर्दाको तस्बिर

काठमाडौँ, २३ साउन । स्वास्थ्य परीक्षणका लागि सिङ्गापुर पुगेका प्रधानमन्त्री केपी शर्मा ओली आउँदो आइतबार स्वदेश फर्कने भएका छन् । स्वास्थ्य परीक्षणपछिका रिपोर्ट ‘नर्मल’ आएपछि उनी आइतबार फर्कन लागेका हुन् ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले थाइ एयरको नियमित उडानबाट ओली आउँदो आइतबार दिउसो काठमाडौँ आइपुग्ने तालिका रहेको बताए ।

मिर्गौला र मधुमेहको समस्या बढ्दै जाँदा प्रधानमन्त्री ओलीका चिकित्सकहरुले थप परीक्षणका लागि सिङ्गापुर जान सुझाव दिएका थिए । सोही अनुरुप गत शनिबार प्रधानमन्त्री ओली सिंगापुर प्रस्थान गरेका थिए ।

उनको सिंगापुरस्थित नेशनल युनिभर्सिटी हस्पिटलमा परीक्षण भइरहेको छ ।

‘परीक्षण सकियो । रिपोर्ट पनि धेरै जसो आइसक्यो । केही आउने क्रममा छ । तर चिकित्सकहरुले नर्मल बताएका छन् । त्यसैले उहाँ आउँदो आइतबार आउने तालिका बनेको छ,’ प्रेस सल्लाहकार अर्यालले भने ।

पाँच बर्ष अघि फङगसले ग्रस्थ भएका बेला ओली सिङ्गापुरस्थित सोही अस्पतालमा पुगेर उपचार गराएका थिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *