एमबीबीएस चिकित्सकको तलव प्रावि तहको शिक्षकसंग बराबर भएको भन्दै एनएमएको आपत्ति

काठमाडौँ, २२ साउन । एमबीबीएस योग्यता भएका चिकित्सकको तलव एसएलसी अध्ययन पछि सेवा प्रवेश गरेका प्राथमिक तहका शिक्षक संग बराबर भएको भन्दै नेपाल चिकित्सक संघ (एनएमए)ले आपत्ति जनाएको छ ।

प्लस टू पश्चात लाखौँ खर्च गरी पाँच बर्ष एमबीबीएस अध्ययन पुरा गर्ने र सुरु नै आठौँ तहबाट हुने चिकित्सकको तलव एसएलसी योग्यता भएका प्रावि तहका शिक्षकसंग बराबर राख्दा सेवामा आकर्षण नबढ्ने ठोकुवा गरेको छ ।

अर्थमन्त्रालयले गत १ साउन देखि लागू हुने तलवमान भन्दै यसै साता सार्वजनिक गरेको विवरणमा स्वास्थ्य सेवा तर्फ अधिकृत आठौँ तह (एमबीबीएस चिकित्सक) को तलव ग्रेड सहित ४५ हजार ७६४ रुपैयाँ तोकिएको छ । एसएलसी उत्तिर्ण प्राथमिक तह (प्रथम श्रेणी)को तलव ग्रेड सहित ४५ हजार ५९० रुपैयाँ तोकिएको छ ।

एनएमएका महासचिव डा लोचन कार्कीले आज जारी गरेको विज्ञप्तीमा १३ असोज २०७४ मा तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थितिमा स्वास्थ्य मन्त्रालय र आफूबीच भएको सम्झौँतामा एक कार्यदल बनाई पारिश्रमीक सुविधा समयानुकुल परिमार्जन गर्ने प्रतिवद्धता गरेको तर हालको विनियोजन असमान र अवैज्ञानिक भएको उल्लेख छ । एनएमएले नयाँ तलवमानमा पुर्नविचार गर्न समेत सरकारको ध्यानाकर्षण गराएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *