संसदमा दर्ता परमाणुसम्वन्धी विधेयक फिर्ता वा संसोधन गर्न चिकित्सकको माग

काठमाडौँ, २२ साउन ।  चिकित्सकहरुको संस्था फिजिसियन फर सोसियल रेस्पोन्सविलिटी (पीएसआरएन)ले सरकारले संसदमा प्रस्तुत गरेको परमाणु सम्वन्धी विधेयक फिर्ता वा संसोधन गर्न माग गरेको छ । नेपालले अनावश्यक रुपमा परमाणु क्षेत्रमा हात हाल्न खोजेको भन्दै पीएसआरएनले त्यसले दीर्घकालमा पार्ने असरको बारेमा सरकार गम्भीर नभएको समेत आरोप लगाएको छ ।

गत ८ पुसमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले व्यवस्थापिका संसदमा ‘पारमाणविक तथा रेडियोधर्मी पदार्थको सुरक्षित तथा शान्तिपूर्ण प्रयोग सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ दर्ता गराएको छ ।

अमेरिकाले जापानको  हिरोसिमामा अणुबम खसालेको दिनको सम्झनामा मंगलबार ‘हिरोसिमा डे’ मनाउने क्रममा पीएसआरएनले संसदमा गएको परमाणु सम्वन्धी विधेयकमा गम्भीर भएर सोच्न आग्रह गरेको छ ।

‘अहिले संसार परमाणु हतियारको व्यस्थापन गर्न नसकेर चिन्तित छ । यसले जुनसुकै बेला अकल्पनीय क्षति पुरयाउन सक्छ भन्दै बैज्ञानिकहरु चिन्तित छन् । तर नेपालले भने अब परमाणुसम्वन्धी विधेयक अघि बढाउँदै छ । यो निकै नै असान्दर्भिक कुरा हो,’ पीएसआरएनका महासचिव प्राडा गणेश गुरुङले भने ।

उनले मेडिकल रिसर्चका लागि आइसोटोभ उत्पादन गर्न साइक्लोट्रोन नै प्रयाप्त हुने भन्दै अहिलेको विल न्युक्लियर रियाक्टरको उत्पादन गर्ने योजनामा केन्द्रीत भएको दावी गरे ।

मंगलबारको कार्यक्रममा पूर्व राजदुत डा महेश मास्के, कानूनविद प्रा युवराज संग्रौला, इन्टरनेशनल फिजिसियन फर द प्रिभेन्सन अफ न्युक्लियर वारका सह अध्यक्ष डा अरुण मित्र, प्राडा शरद वन्त, प्राडा भरत प्रदान लगायतले सरकारले ल्याउन लागेको परमाणुसम्वन्धी विधेयक र त्यसले गर्ने असरकोबारेमा आफ्ना प्रस्तुति राखेका थिए ।

उनीहरुले सरकारले यो विधेयक अहिलेकै प्रस्ताव अनुसार पास गरेमा देश र जनताको लागि अपूरणीय क्षति अनन्तकालसम्म वेहोर्नुपर्ने ठोकुवा गरेका छन् ।

यसअघि मंगलबार विद्यार्थीहरुले हिरोसिमा डेको अवसर पारी वाकाथन समेत गरेका थिए ।

सबै तस्बिर : डा. विमल खड्का

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *