भारतीय पूर्व विदेशमन्त्री सुष्मा स्वराजको हृदयघातबाट निधन

नयाँ दिल्ली, २२ साउन ।  भारतीय पूर्व विदेश मन्त्री सुष्मा स्वराजको निधन भएको छ । मंगलबार  बेलुका ९ बजे दिल्लीस्थित अलइन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स) मा उपचारका क्रममा निधन भएको हो ।

चिकित्सकहरुले उनलाई सीभीअर हर्टएट्याक (कडा हृदयघात) भएको बताएका छन् । ६७ बर्षीया स्वराज भारतीय जनता पार्टीका तर्फबाट नरेन्द्र मोदीले नेतृत्व गरेको अघिल्लो कार्यकालको सरकारको पालामा विदेश मन्त्री थिइन ।

उनको सन् २०१६ मा सोही अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएको थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *